गजल – लीलाराज दाहाल

मुख्य समाचार साहित्य

पिठो दिई चामल साट्ने तिम्रै बानी रैछ
चाप्लुसीको डोरी बाट्ने तिम्रै बानी रैछ !

अघि पर्दा चाकरीको तेल लगाउंछौ
पछिल्तिर कुरा काट्ने तिम्रै बानी रैछ !

स्वार्थ पुरा हुँदा सम्म नजिकिए पनि
बासी दुध जस्तै फाट्ने तिम्रै बानी रैछ !

तिमी कस्ता छौ ! सबलाई थाहा छ नि
मीठो भेटे जुठो चाट्ने तिम्रै बानी रैछ !

तराजुमा जोखेर नै बेच्छौ इमान पनि
रुपैयाँमा आत्मा साट्ने तिम्रै बानी रैछ !


बागमती ११, कर्मैया, सर्लाही

Loading...