३ करोड भ्यूज पुगेकोमा ‘नाच फिरिरी’ टिमले काट्यो केक

आजको म्यूजिक मुख्य समाचार

काठमाडौँ, ७ मङ्सिर, पछिल्लो समयमा निकै मन पराइएको गीत ‘नाच फिरिरी’ ले युट्यूबमा ३ करोड भ्यूज पार गरिसकेको छ । युट्यूबमा ३ करोड भ्यूज पार गरेको खुशीयाली सँगसँगै गीतलाई आज यो स्थानसम्म पुर्याउन मद्दत गरेकोमा मिडियालाई धन्यबाद दिदै ‘नाच फिरिरी’ टिमले एक कार्यक्रमको आयोजना गरी सेलिब्रेशन गरेको थियो । गायक महेश काफ्ले, नायिका स्वस्तिमा खड्का, निर्माता अशिफ शाह, असिम शाह, आकाश खड्का लगायतले केक काटेर खुशीयाली साटेका थिए ।

गीतले आज यति धेरै दर्शक, श्रोताको माया पाएकोमा आफू र आफ्नो टिम निकै खुशी रहेको गायक महेश काफ्लेले उक्त कार्यक्रममा बताए । यस्तै कार्यक्रममा बोल्दै नायिका स्वस्तिमा खड्काले यो माया ‘नाच फिरिरी’ टिमले गरेको मेहनतको प्रतिफल रहेको बताइन् ।

‘नाच फिरिरी’ मा शब्द तथा सङ्गीत गायक काफ्ले स्वयंमको रहेको छ । गीतको सङ्गीत संयोजन भने रिकेश गुरुङले गरेका हुन् । गीतमा महेशलाई गायिका मेलिना राईले साथ दिएकी छिन् । भिडियोमा निश्चल र स्वस्तिमाका अलावा पोखराको चर्चित नृत्य समूह क्रिस्टल क्लज डान्स क्रु र कलाकार प्रकाश घिमिरेले साथ दिएका छन् । भिडियोमा शिवराम श्रेष्ठ र सुरज श्रेष्ठको छायाङ्कन रहेको छ भने भिडियोको सम्पादन लोकेश बज्राचार्यले गरेका हुन् ।

Loading...