काठमाडौँमा चिनिया ‘थाइ ची’ तालिम

खेलकुद मुख्य समाचार विषेश समाचार

काठमाडौँ, ५ मङ्सिर, चिनिया परम्परागत शारीरिक अभ्यास ‘थाई ची’ को आधारभूत तालिम काठमाडौँमा सुरु भएको छ । चाइना कल्चर सेन्टरको आयोजनामा बुधबारबाट ‘थाई ची’ तालिम सुरु भएको हो । तालिम बुधबारदेखि शनिबारसम्म हरेक दिन बिहान १०–११ बजेसम्म सेन्टरको अफिस महाराजगञ्जमा र दिउँसो ३ बजेदेखि ४ बजेसम्म शंखपार्कमा आयोजना हुनेछ ।

आजको प्रशिक्षणमा नेपालस्थित चिनिया राजदूताबासका प्रतिनिधि, कल्चर सेन्टरका कर्मचारी, विभिन्न मैत्री संस्थाका प्रतिनिधि, पत्रकार तथा अन्य सर्वसाधारणहरुसहित करिब ३० जनाको सहभागिता रहेको थियो ।

चीनको सान्तोङ प्रान्तबाट आएका प्रशिक्षक छाङ स्यूले सो तालिम दिइरहेका छन् । उनी सान्तोङ प्रान्तको इन्टरनेशनल ‘थाई ची’ स्कुलका जेनेरल कोच हुन् । उनले यसअघि अष्ट्रेलिया, इन्डियालगायतका देशमा ‘थाई ची’ प्रशिक्षण गराई सकेका छन् । उनले चीनमा हरेक वर्ष आयोजना हुने ‘थाई ची’ प्रतियोगितामा पनि उत्कृष्ट प्रदर्शन गर्ने गरेका छन् ।

थाई ची चीनको परम्परागत शारीरिक अभ्यास हो । यो एकप्रकारको कला पनि हो । शरीरलाई फिट राख्न र सेल्फ प्रोटेक्सनको लागि पनि ‘थाई ची’ चीनका प्रायः हरेक मानिसले सिक्ने र अभ्यास गर्ने चाईना कल्चर सेन्टरका निर्देशक यिन बताउँछन् । चीनमा यो अभ्यास बालबालिकादेखि वृद्धवृद्धासम्मले पनि गर्ने गरेको उनले बताए ।

यो अभ्यासमा हात, खुट्टा, डोरी, लठ्ठी आदिको कला प्रदर्शित हुन्छ । ‘थाई ची’ का विभिन्न प्रकार हुने प्रशिक्षक छाङ स्यू बताउँछन् । आफूलाई आवश्यकता र रुची अनुसार ‘थाई ची’ का प्रकारहरु अभ्यास गर्ने प्रशिक्षक स्यूले बताए ।

Loading...