मिस वर्ल्ड २०१८ को पहिलो प्रदर्शनमा श्रृङ्खलालाई कस्टुमले दियो धोका (भिडियोसहित)

मनोरञ्जन मुख्य समाचार

काठमाडौँ, ४ मंसिर, मिस वर्ल्ड २०१८ को प्रतियोगिता चीनको सान्यामा अहिले जारी छ । सुरुवाती शोअन्तर्गत आज डिजाइनर ड्रेस सेक्सनको प्रदर्शन भएको छ । जसमा प्रतियोगीहरूले आ-आफ्नो डिजाइन ड्रेसमा क्याटवाक गरेर देखाएका छन् । यसको अन्तिम प्रतियोगिता डिसेम्बर ८ मा हुनेछ ।

नेपालको तर्फबाट मिस नेपाल श्रृङ्खला खतिवडाले सो प्रतियोगितामा सहभागिता जनाइरहेकि छिन् । मंगलबारको प्रदर्शनमा उनको प्रस्तुति निक्कै खराब देखिएको छ । उनलाई कस्टुमले धोका दिएपछि प्रस्तुती खराब बन्न पुगेको हो । उनले लगाएको ड्रेसले खुट्टामा अल्झाएर हिड्न मुस्किल भयो । खुट्टापट्टि भारी भएको सो ड्रेसले अल्झाएपछि उनले क्याटवाक गर्न असहज महसुस गरिन् । तैपनि कस्टुम उचाल्दै र संहालिँदै यात्रा भने पुरा गरिन् ।

यो ड्रेसको डिजाइन कसले गर्यो र पहिले अभ्यास गरियो या गरिएन भन्नेबारे केही थाहा भएको छैन ।

भिडियो यो लिङ्कमा गएर हेर्नुहोस्:

यस अघि सार्वजनिक गरेको शृंखलाको परिचय (इन्ट्रो) भिडियो निक्कै राम्रो रहेको प्रतिक्रिया आइरहेको छ । सो भिडियोलाई अविन भो, सिसन बनिया र मनिष महर्जनको टिमले निर्माण गरेको हो ।

तस्विर: शृंखला खतिवडाको फेसबुक पेजबाट

Loading...