पेस्तोलसहित दुई पक्राउ

ट्राफिक/प्रहरी मुख्य समाचार

काठमाडौँ, ४ मङ्सिर प्रहरीले लागुऔषध र पेस्तोलसहित दुईजनालाई पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–३२ जडीबुटीस्थित ढुङ्गेधारामा जाँचका क्रममा ज११प ४८६६ नंको मोटरसाइकलमा सवार सर्लाही लालबन्दी नगरपालिका–३ का २७ वर्षीय मनपुरण चौधरी र सोही ठाउँका २७ वर्षीय भुवन परियारलाई लागुऔधष ९नाइट्रभेट० ८४० टब्यालेट र पेस्तोलसहित प्रहरीले पक्राउ गरेको हो । काठमाडौँ महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक होमिन्द्र बोगटीले उनीहरुमाथि अनुसन्धान शुरु गरिएको जानकारी दिनुभयो ।