सालकको खबटासहित पक्राउ

मुख्य समाचार समाज

भक्तपुर, ३० कात्तिक (रासस) : दुर्लभ जन्तु सालकको खबटासहित एक जनालाई महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएका प्रहरीले पक्राउ गरेको छ । सूर्यविनायक नगरपालिका–६ सूर्यविनायक चोकबाट प्रहरीले रामेछाप सुनापाती गाउँपालिका–७ बेथान घर भई हाल भक्तपुर नगरपालिका १० महालक्ष्मीस्थान बस्ने २२ वर्षीय रामलाल तामाङलाई पक्राउ गरेको हो ।

प्रहरीले तामाङको साथबाट ६४० ग्राम खबटासहित पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो । तामाङलाई वन्यजन्तु ऐनअन्तर्गत मुद्दा चलाइने भएको छ ।