चलचित्र गोर्खेको नयाँ गीत ‘सिन्की अचार’ (भिडियोसहित)

आजको म्यूजिक मुख्य समाचार

काठमाडौँ, २६ कात्तिक, चलचित्र गोर्खेको सिन्की अचार बोलको गीत गतहप्ता सार्वजनिक भएको थियो । यो गीतलाई युट्युवमा दर्शकले निक्कै रुचाएका छन् । आज १२ नोभेम्बरसम्ममा यो गीतले २ लाख ४० हजार भन्दा बढी भ्यूज पाइसकेको छ ।

सामान्य गाउँले शब्दहरुको प्रयोग भएको यो गीतका शब्द नग्वा फिन्जु पाख्रिनले लेखेका हुन् । उनैको संगीतलाई साहस शाक्यले एरेन्ज गरेका छन् । जसमा स्वर भने अन्जु पन्त र आरसी रिमालको रहेको छ ।

हरी लामाको प्रस्तुती रहेको चलचित्र गोर्खेलाई कोजो इन्टरटेन्मेन्टमार्फत तिर्थ कोजु, हरी लामा र हरी थापाले निर्माण गरेका हुन् । यो चलचित्रलाई सन्तोष ढकालले निर्देशन गरेका हुन् ।

चलचित्रमा रविन्द्र प्रताप सेन, अन्जली अधिकारी, अर्जुन गुरुङ, अस्मी लामा, अस्मिता श्रेष्ठ लगायतको अभिनय रहेको छ ।

गीतको भिडियो हेर्नुहोस्ः