रेडियो नेपालका पूर्व सम्पादक मास्केको निधन

मुख्य समाचार सूचना प्रविधि

काठमाडौँ, २४ कात्तिक रेडियो नेपालका पूर्व समाचार सम्पादक तथा प्रसारक रामेश्वर मास्केको ७९ वर्षको उमेरमा गत बिहीबार हृदयघातबाट मृत्यु भएको छ ।

मास्केले स्थानीय समाचार सम्पादनसहित रेडियो नेपालको विभिन्न जिम्मेवारीमा रहेर २५ वर्ष सेवा गर्नुभएको थियो । भक्तपुर निवासी स्व मास्केका श्रीमती र तीन छोरी हुनुहुन्छ ।