अब कांग्रेस एक हुन्छ, पार्टीभित्र कुनै समस्या छैन : सभापति देउवा

मुख्य समाचार राजनीति

काठमाडौं, २२ कात्तिक, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले अब पार्टी एक ढिक्क भएर अघि बढ्ने स्पष्ट पारेका छन् । बिहीबार साँझ रिपोर्टर्स क्लब नेपालले देउवा निवास बुढानिलकण्ठमा आयोजना गरेको देउसी–भैलो कार्यक्रममा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै सभापति देउवाले यस्तो बताएका हुन् । उनले भने, ‘अब कांग्रेस एक हुन्छ । पार्टीभित्र यतिबेला कुनै समस्या छैन ।’

देउवाले पार्टीको महासमिति बैठक अब निर्धारित मितिबाट नसर्ने पनि दाबी गरे । उनले भने, ‘मंसिर २८ गतेदेखि पुष ३ गतेसम्म महासमिति बैठक काठमाडौंमा बस्छ, अब बैठक सर्दैन । हामी पार्टीलाई सुदृढ बनाएर लैजान्छौं ।’ कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने पनि उनले बताए ।

Loading...