सिटी एक्सप्रेस साकोसले सदस्यहरुलाई १८ प्रतिशत लाभांश दिने

आजको बजार मुख्य समाचार

काठमाडौँ, २० कात्तिक, सदस्यहरुलाई १८ प्रतिशत लाभांश दिने निर्णय गर्दै सिटी एक्सप्रेस वचत तथा ऋण सहकारी संस्थाको नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । गत शुक्रबार नयाँबानेश्वर स्थित इन्द्रेणी ब्याङ्केटमा बसेको साधारण सभाले सञ्चालक समिति र लेखा समिति पनि चयन गर्दै सभा सम्पन्न गरेको हो ।

सभाले सम्पूर्ण सदस्यहरुलाई सहकारी ऐनमा व्यवस्था भए बमोजिम १८ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । यता साधारणसभाले हेमबहादुर गुरुङको अध्यक्षतामा ९ जनाको नयाँ सञ्चालक समिति र ३ जनाको लेखा समिति पनि चयन गरेको छ ।

यसैगरी संस्थाको का.म.न.पा वडा.नं.–१० स्थित थापागाउँमा रहेको जग्गामा कार्यालय प्रयोजनको भवन निर्माण गर्न संचालक समितिले साधारण सभामा प्रस्तुत गरेको प्रस्ताव सर्वसहमतिले पारित पनि भएको छ ।

Loading...