‘न्हूदँ’का सम्पूर्ण कार्यक्रम स्थगित

कला/संस्कृति मुख्य समाचार

काठमाडौँ, २० कात्तिक नेपाल संवत् आन्दोलनका प्रणेता एवं आदिवासी जनजाति आन्दोलन र मानव अधिकार आन्दोलनका अगुवा पद्मरत्न तुलाधरको असामयिक निधनका कारण नेपाल संवत् ११३९ नयाँ वर्षको उपलक्ष्यमा आयोजना गरिने सम्पूर्ण कार्यक्रमहरू स्थगन गरिएको छ । दिवङ्गत तुलाधरप्रति सम्मान अर्पण गर्न कार्यक्रमहरु स्थगन गरिएको हो ।

आज नेसं ११३८ कौलागा १४ (कात्तिक २० गते) मङ्गलबार बसेको नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समितिको बैठकले उक्त निर्णय गरेको हो । हरेक वर्ष झैँ यस वर्ष पनि नेपाल संवत् ११३९ नयाँ वर्षको उपलक्ष्यमा यही नेसं ११३९ कछलाथ्व पारु (कात्तिक २२ गते) काठमाडौंको बसन्तपुरमा मूल समारोह आयोजना गर्ने कार्यक्रम तय भइसकेको थियो । सोही दिन आयोजना गरिने अन्य स्थानका कार्यक्रमहरू पनि स्थगन गरिएको छ । स्थगित कार्यक्रमहरू दिवङ्गत तुलाधरको १३ दिने पूण्यतिथि पछि अनुकूल दिनहरूमा आयोजना गर्ने निर्णय पनि बैठकले गरेको नेवाः जागरण मञ्चका संयोजक सुजीब बज्राचार्यले जानकारी दिनुभएको छ ।(रासस)

Loading...