[अनुसन्धानमूलक लेख] पिता–पुर्खाका आत्मालाई नै इश्वर मान्ने किरात राई जाति

मुख्य समाचार विचार विषेश समाचार

– डा. भक्त राई
सम्पूर्ण चराचर जगतका सजिव वस्तुहरु मरणशील छन् । पशुपंक्षी, बोटविरुवा, किटपतङ्ग, मानिस मात्र होइन सम्पूर्ण प्राकृतिक बस्तुहरु मरणशील तथा परिवर्तनशील छन् । सम्पूर्ण प्राणी जगतमा मानिस मात्र सर्वोच्च चेतनशील प्राणी हो । पृथ्वीका अन्य सम्पूर्ण प्राणी जगतलाई आफ्नो नियन्त्रणमा वा अध्ययन, अनुसन्धानको दायरामा राख्न सफल मानिस पनि मरणशील प्राणी नै हो । उसले जति नै ठूलो आविष्कार, उन्नति, विकास र वैज्ञानिक चमत्कार गर्न सके पनि जत्रोसुकै प्राप्ति र प्रगति गरे तापनि मानिसले आफ्नो मृत्युलाई रोक्न, छेक्न र यसको रहस्यलाई बुझ्न हालसम्म सकेको छैन । त्यसैले मानिसले आफूलाई मरणशील प्राणीको रुपमा घोषणा गर्दै मानिस जन्मेपछि एकदिन अवश्य मर्दछ, अर्थात जन्मनु भनेको मर्नु हो भनेर आफूलाई हालसम्म चित्त बुझाउन विवश छ ।

मानिसले आफ्नो वर्तमान स्वरुप र स्वभाव प्राप्त गर्नको लागि हजारौँ वर्षदेखि अनेकौं प्रकारका चिन्तन, प्रयत्न र संघर्ष गर्दै आएका हुन् । यसरी मानिसले आफ्नो उत्पत्तिकालदेखि नै खाना, नाना, छाना, सुख, शान्ति, मनोरञ्जन अनि सन्तानका लागि विश्वका अनेकौं ठाउँहरुमा चाहार्दै आइरहेका छन् । यसरी अनेकौँ भू–भागहरुमा फैलने, विस्तार हुने क्रममा विभिन्न प्रकारका वर्ण, कद, स्वभाव, संस्कृति, जाति, आदि अलग अलग पहिचान र परम्पराहरु सिर्जना हुनु पुग्यो ।

यसरी मानिस सुखको खोजी गर्ने क्रममा संसारका विभिन्न भू–भागमा छरिन पुगे भने सोहीअनुसारको संस्कृतिको निर्माण गर्न पुग्यो । यसरी मानवबीच विभिन्न प्रकारको जाति, संप्रदायको निर्माण हुन पुग्यो । त्यसरी विभिन्न प्रकारका भाषा, संस्कृति, जाति निर्माण हुने र लोप हुँदै जाने क्रम अध्यावधि भइरहेको छ । यसरी निर्माण हुन पुगेको विभिन्न प्रकारको जातिहरु मध्ये किराती जाति पनि विश्वकै एक प्राचीन जाति हो । संसारभर हाल चिनिएको कुन–कुन जातिहरु किरातीभित्र पर्दछन् भन्ने विषयमा मतैक्यता पाइदैन परन्तु हाल आएर राई, लिम्बू, सुनुवार र याक्खा भनेर चिनिएको जातिले आफू किराती हो भनेर स्वीकार गरेको हुँदा वर्तमान समयमा यिनै चार जातिलाई किराती भनेर चिनिन्छ । प्रस्तुत कार्यपत्रमा यिनै किरातीभित्र पर्ने प्रमुख राई जातिको मृत्यु संस्कारको बारेमा विवेचना गरिएको छ । विस्तृत तलको लिंकमा हेर्नुहोलाः

Loading...