मुख्यमन्त्री राई उपचारका लागि थाइल्याण्ड प्रस्थान

प्रदेश मुख्य समाचार

विराटनगर, १६ कात्तिक प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई उपचारका लागि आज थाइल्याण्डको राजधानी बैंककतर्फ प्रस्थान गर्नुभयो ।दुई वर्षदेखि घाँटीको समस्याबाट पीडित उहाँको बैंककस्थित बुम्रुनग्राड इन्टरनेशनल हस्पिटलमा उपचार हुने मुख्यमन्त्री राईका प्रेस सल्लाहकार धु्रव सुवेदीले बताउनुभयो ।

यसअघि उहाँ वीरअस्पताल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, ग्राण्डी अस्पताल, नेपाल मेडिसिटीलगायतका अस्पतालमा उपचार गराउनु भए पनि रोग पत्ता लाग्न नसकेको प्रेस सल्लाहकार सुवेदीले जानकारी दिनुभयो ।उहाँ कात्तिक २४ गते स्वदेश फर्कनु हुने कार्यक्रम रहेको बताइएको छ । मुख्यमन्त्री राईको उपचार उहाँको निजी खर्चमा हुने भनिएको छ । (रासस)

Loading...