‘निष्पक्ष सेवा प्रवाह गर्नु प्रमुख दायित्व’

प्रदेश मुख्य समाचार

दाङ, १५ कात्तिक उच्च अदालत प्रदेश नं ५ का मुख्य न्यायाधीश नहकुल सुवेदीले नागरिकलाई निष्पक्ष र  छिटोछरितो सेवा प्रवाह गर्नु सबै राष्ट्रसेवक कर्मचारीको प्रमुख दायित्व भएको बताउनुभएको छ ।

अफिसर्स क्लब तुलसीपुरका मुख्य संरक्षक उहाँले आज नवआगन्तुक कार्यालय प्रमुखको स्वागत तथा अन्तरक्रिया कार्यक्रममा राज्यले तोकिएको जिम्मेवारीलाई सक्रिय भएर बहन गर्न कार्यालय प्रमुखलाई निर्देशनसमेत दिनुभयो । “राज्यले तोकेको कामलाई कुशलतापूर्वक सबैले गरौ सकिन्छ भने थोरै समय व्यवस्थापन गरी सामाजिक सेवामा लगाउँदा आफूलाई नै समाजप्रति अझ बढी अपनत्व महसुस हुन्छ” उहाँले भन्नुभयो । सो अवसरमा क्लबले उच्च अदालतका रजिष्ट्रार श्रीलाल पौडेल, तुलसीपुर उपमहानगरपालिकाका प्रशासकीय प्रमुख आनन्द सारु, प्रदेश नं ५ का प्रहरी प्रमुख पीताम्बर अधिकारीलगायतलाई स्वागत गरेको थियो । (रासस)

Loading...