सुमित र सुधाको जोडी क्वाटरफाइनलमा

खेलकुद मुख्य समाचार

काठमाडौँ, १४ कात्तिक (रासस) नागबहालका सुमित शाक्य र सुधा शाक्यको जोडी “१०आँ यल कप ब्याडमिन्टन रनिङ शिल्ड प्रतियोगिता–२०७५ को मिक्स युगलतर्फ अन्तिम आठमा प्रवेश गर्न सफल भएका छन् । पाटन शङ्खमूलस्थित इलेभेन स्टार क्लबको आयोजनामा भएको प्रतियोगिताअन्तर्गत आज भएको खेलमा शाक्य जोडीले दथुलंका रत्नकाजी बज्राचार्य र जेविशा महर्जनको जोडीलाई २१–१५  २१–१७ र २१–१७ मा पराजित गर्न सफल भए ।

यसैगरी दथुलंका राजु बज्राचार्य र यस्ना डङ्गोलेको जोडीले पनि अन्तिम आठमा स्थान बनाउन सफल भए । बज्राचार्य जोडीले भिन्छेबहालका सुजन बज्राचार्य र कृस्मा बज्राचार्यको जोडीलाई २१–११, २१–१४ ले पराजित गरे ।

यस्तै भिन्छेबहालका सुजित बज्राचार्य र आकृति बज्राचार्यको जोडीले नागबहालका ससिन डङ्गोल र निष्ठा जोशीको जोडीमाथि २१–१५, २१–८ को जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गरे । क्वाटरफाइनल प्रवेश गर्ने क्रममा दथुलंका सुमित महर्जन र लिपी बज्राचार्यको जोडीले ओकुबहालका कृतार्थ शाक्य र अनुष्का शाक्यको जोडीलाई २१–१२, २२–२४ र २१–१० ले, पिन्छेंका दिपेन महर्जन र ममता रुम्बाको जोडीले दथुलंका रोहित महर्जन र रोहिता शाक्यको जोडीलाई २१–१६, २१–१६ले, नागबहालका सुमन शाक्य र प्रकृति शाक्यको जोडीले दथुलंका सन्दीप शाक्य र सब्रिना महर्जनको जोडीलाई १६–२१, २१–१४ र २१–७ ले, नागबहालका सुनिल शाक्य र लसता शाक्यको जोडीले ओकुबहालका स्वदेश शाक्य र अनुशा शाक्यको जोडीलाई २१–१४, २१–१४ ले तथा ओकुबहालका दिपेश शाक्य र सुपला बज्राचार्यको जोडीले पिन्छेंका रुशल महर्जन र हसना महर्जनको जोडीलाई २१–१२, २१–१४ ले पराजित गरे ।

पुरुष युगलतर्फ भिन्छेंबहालका मनिषवीर बज्राचार्य र सुजीत बज्राचार्यको जोडी नागबहालका सुदिम शाक्य र प्रविन शाक्यको जोडीलाई २१–१९, २१–१४ ले पराजित गर्दै प्रिक्वाटरमा स्थान बनाउन सफल भए । यसैगरी हखाका रुकेश शाक्य र सुनिल महर्जनको जोडी ओकुबहालका दिपेश शाक्य र सन्त डङ्गोललाई २२–२०, २१–१९ ले तथा दथुलंका रत्नकाजी बज्राचार्य र सन्दीप शाक्यले गुइँटोलका किरण महर्जन र ज्ञानेन्द्र महर्जनलाई २१–१९, २१–१८ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाए ।

प्रिक्वाटरमा स्थान बनाउने क्रममा प्रयागापोखरीका सुनिल बाराही र पूर्णबहादुर चित्रकारले नागबहालका विभूषण शाक्य र सन्त शाक्यलाई २१–१९, २१–९, दुपटका सुमन महर्जन र राजेन्द्र महर्जनले दथुलंका सन्नी डङ्गोल र सचिन डङ्गोललाई २१–१३, २१–१९ ले, ओकुबहालका कृतार्थ शाक्य र राजीव शाक्यले दथुलंका शैलेन्द्र डङ्गोल र राजेश महर्जनलाई २१–७, २१–९, पिन्छेंका सुशील महर्जन र दिपेन महर्जनले भुबहालका बाबुराजा बज्राचार्य र उमङ्ग बज्राचार्यलाई १७–२१, २१–८, २१–१९ले तथा नागबहालका सनिल शाक्य र सुमन शाक्यले प्रयाग पोखरीका विक्रम महर्जन र मिलन मजर्हनलाई २१–१२, २१–९ले पराजित गरे ।

खुला कराते शनिबार

नेपाल सितोरियो कराते सङ्घ शाखा डोजो भारदेउको आयोजनामा दोस्रो कोन्ज्योसोम खुला कराते प्रतियोगिता शनिबार हुने भएको छ ।

प्रतियोगितामा काठमाडौँ, ललितपुर, भुक्तपुर र काभ्रेबाट करीब ४७० खेलाडीको सहभागिता रहने आयोजक डोजोका प्रमुख दीलबहादुर घलानले जानकारी दिनुभयो । विभिन्न २१ स्पर्धामा भिडन्त हुनेछ । एकदिने प्रतियोगिताका खेल कोन्ज्योसोम गाउँपालिकास्थित भारदेउमा हुनेछ ।

माफ बास्केटबल मङ्सिर ७ देखि

म्युचुएल एकेडेमिक एक्टिभिटिस फोरम (माफ) को आयोजनामा तेस्रो माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता मङ्सिर ७ गतेदेखि हुने भएको छ ।

प्रतियोगिताअन्तर्गत विभिन्न तीन विधामा माफमा आबद्ध ३६ टोलीको सहभागिता रहने ज्ञान निकेतनका प्रमुख कार्यकारी अधिकृत विश्वजित कुँवरले जानकारी दिनुभयो । सिनियर ब्वाइज, सिनियर गल्र्स र जुनियर ब्वाइजमा समान १२–१२ टिमले भाग लिने छन् । जुनियर ब्वाइज स्पर्धा पहिलो पटक थपिएको हो । सिनियर ब्वाइज र गल्र्स दुवैमा ज्ञान निकेतन गत संस्करणको विजेता हो ।

लिग कम नकआउट आधारमा हुने प्रतियोगिताका खेल शङ्खमूलस्थित ज्ञान निकेतनको कोर्टमा हुनेछ । मङ्सिर १५ गतेसम्म चल्ने प्रतियोगिता सञ्चालन गर्न करीब तीन लाख खर्च हुने प्रतियोगिता संयोजक सञ्जयजित कुँवरले जानकारी दिनुभयो ।

 

Loading...