सुस्ताको एक विद्यालयमा आगलागी

विषेश समाचार शिक्षा

परासी, १० कात्तिक पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेको विद्यालयमा आगलागी भएको छ । गए राति आगलागी भए पनि आज बिहान ६:३० बजेमात्र आगलागी भएको थाहा भएको अध्यक्ष पाण्डेले बताउनुभयो । उहाँले गाउँपालिका अध्यक्षमा निर्वाचित भएपछि विद्यालय सञ्चालनको जिम्मा भाइ सागर पाण्डेलाई दिनुभएको थियो ।

सुस्ता गाउँपालिका–२ महलबारीमा रहेको क्यानल सेन्टर आवासीय माविको कार्यालयमा आगलागी भएको हो । आगलागीबाट करीब रु आठ लाख बराबरको क्षति भएको र विद्युत् सर्ट भएर आगलागी भएको पाण्डेले बताउनुभयो । आगलागीबाट कार्यालयमा रहेको फर्निचर, ल्यापटप कम्प्युटर, कागजपत्र जलेका छन् । (रासस)

Loading...