नवरात्रमा नवदुर्गा पूजा र यसको महत्त्व

मुख्य समाचार विचार विषेश समाचार

– प्रा. स्व. जयराज पन्त
‘घट’ भनेको ‘घडा’ वा ‘कलश’ र ‘स्थापना’ भनेको ‘राख्नु’, ‘स्थापित गर्नु’, ‘निर्दिष्ट ठाउँमा विधिवत् स्थापन गर्नु’ हो । शब्दार्थले यस प्रकारको आशय व्यक्त गरे जस्तै चलनले पनि यस्तै कुरालाई संवहन गरेको छ । धार्मिक कार्यमा विशेष प्रक्रिया र पद्धतिअनुसार कलश स्थापना गर्नु नै घटस्थापना हो । नवरात्रीको प्रस्तुत पर्वमा नौ प्रकारका भगवतीको उपासनाका क्रममा शास्त्रले बताएअनुसार विधि पुर्याएर निश्चित ठाउँमा स्थापना गरिने कलशलाई घटस्थापना भनिन्छ । यसको विधान वैदिक, तान्त्रिक र लौकिक गरी मूलतः तिन प्रकारको पाइन्छ । भगवती नवदुर्गाको अर्चना तथा तिनका प्रतिको आस्था यसले मुखरित गर्दछ ।

घट वा कलश भनेको जल तथा नीतिका देवता मानिने वरुणको प्रतीक हो । जल भरिएको भाँडोले मनको तरलता, भावनाको लहर, आत्माको अमरता तथा शाश्वत जीवन्ततालाई जनाउँछ । कुनै पनि शुभ कार्यमा कलश स्थापना गर्नु भनेको यिनै कुरालाई जीवनको अनिवार्य अङ्ग मानेर यिनले पुर्याउने योगदानप्रति कृतज्ञ बन्नु हो । घडा काल वा समयको प्रतीक पनि हो । त्यसलाई समस्त कृत्यको साक्षी र कर्ताका सारा क्रियाकलापको प्रत्यक्ष द्रष्टा मानिन्छ । भगवती दुर्गाको पूजा गर्नु भनेको काल वा समय, मन वा भावना, जीवनदायी शक्ति वा जीवनको संरक्षक, सक्रियता वा जीवन्तता, नारीप्रतिको सम्मान, शक्ति प्राप्तिको आकाङ्क्षा जस्ता कुरालाई महत्त्व दिनु हो । विभिन्न प्रकारका यन्त्र वा अर्थपूर्ण रेखाचित्रमा जलपूर्ण घडा राख्नु र त्यसलाई देवी दुर्गा मानेर पुज्नु यिनै भावलाई प्राथमिक बनाउनु हो । अनेकौं किसिमका सिद्धि यस्तो अनुष्ठानबाट प्राप्त हुने कुरामा शैव र शाक्त सम्प्रदायका अनुयायीहरू प्रगाढ विश्वास गर्दछन् ।

नारीशक्तिका प्रमुख तिन वटा रूप महाकाली, महालक्ष्मी, महासरस्वतीमध्ये पहिलो रूप देवी दुर्गा हुन् । तिनले प्राणी जगत््््मा शक्ति, सामथ्र्य र ऊर्जा सञ्चार गर्दछिन् । तिनको उपासना गर्नेहरू शक्ति प्राप्त गर्ने कामना राख्दछन् । दुर्गा शक्तिकी देवी हुनाले यस पर्वको घटस्थापना सोही उद्देश्य प्राप्तिका लागि गरिने अनुष्ठानको प्रारम्भ बिन्दु मानिन्छ । यो काम सामान्य रूपमा देखिने घडा राख्ने मात्र नभएर उपर्युक्त विभिन्न अभिप्रायसित जोडिएको विशेष अनुष्ठान हो । मातृशक्तिप्रतिको निष्ठा यसको मुख्य आधार हो । शक्तिसित जोडिएको चाड भएकाले जातीय आधारमा यसलाई क्षत्रियको चाड मानिन्छ ।

नेपाली समाजले यस अनुष्ठानलाई ज्यादै महत्त्व दिन्छ । राज्यले यस अवसरमा निकै दिन सार्वजनिक विदा दिने काम गर्दै आएको छ । शैव र शाक्तका वैदिक, तान्त्रिक तथा लौकिक विधिबाट उपासकबाहेक अन्य धर्म, सम्प्रदाय एवं परम्पराका अनुयायीहरू पनि यो चाड मनाउँछन् । प्राकृतिक अनुकल वातावरण, सुहाउँदो तापक्रम, कृषि कार्यको व्यस्तताबाट केही छिनका लागि मात्र भए पनि पाइने फुर्सद जस्ता विभिन्न कारणले पनि यस चाडमा रमाइलो गर्ने प्रवृत्ति तुलनात्मक रूपमा ज्यादा देखिन्छ । घटस्थापनाबाट सुरु भएको नवरात्रमा नवदुर्गाको पूजा हुने गर्दछ । यी नवदुर्गाको पूजा किन गरिन्छ र यसको महत्त्व के छ ? विस्तृतमा तल व्याख्या गरिएको छ ।

भगवती शैलपुत्रीको उपासना
नवदुर्गाका विविध नामअनुसारका विशेष अनुष्ठान अन्तर्गत पहिलो दिन शैलपुत्री भगवतीको उपासना गरिन्छ । ‘शैल’ भनेको ‘पर्वत’ र ‘पुत्री’ भनेको छोरी हो । पर्वतकी छोरी भन्ने नामबाट प्रसिद्ध देवी पार्वतीको पूजा शारदीय नवरात्रीको पहिलो दिनमा गरिन्छ । नारी शक्तिकी मूल स्रोत आद्या भगवती सारा विश्व ब्रह्माण्डकी सञ्चालक, नियन्त्रक, सर्जक र संहारक मानिन्छिन् । तिनलाई आद्या भगवती भनिन्छ । ब्रह्मा, विष्ण्ॉ, महेश्वरजस्ता उच्चतम तहका ईश्वर पनि तिनका अधीनमा रहन्छन् र तिनलाई आद्या भगवतीले इच्छानुसार निर्दिष्ट गर्दछिन् भनिएको छ । अत्याधिक कष्ट र अत्याधिक लोककल्याणका काममा लिइने कठोर परीक्षामा सफल हुनेहरूले पाउने पद तथा सम्मानका प्रतीक ब्रह्मा, विष्ण्ॉ, महेश्वर हुन् । भगवतीप्रति सर्वोपरी आस्था जनाउनु भनेको जीवन र जगत्््को सञ्चालन, व्यवस्थापन र नियमनमा नारीशक्तिको प्राधान्य रहने कुरा व्यक्त गर्नु हो ।

पर्वतराज हिमालयले निकै कठोर तपस्या गरेपछि तिनको कुल एवं सृष्टिको कल्याण गर्ने अभिप्रायसहित तिनकी पुत्रीका रूपमा जन्म लिने वर आद्या भगवतीले दिएकी थिइन् । तदनुसार हिमालय तथा मेनकाकी पुत्री बनेर अवतरित भएकी भगवतीलाई शैलपुत्री भनिएको हो । हिमालयकी छोरी ती भगवती गौरी, पार्वती सहित नवरात्रीका अवसरमा दिनहुँ पुजिने विभिन्न नामबाट प्रसिद्ध छिन् । तिनको शक्ति अपरम्पार छ । जीवनमा शक्ति, सामथ्र्य, भगवद्भक्ति, ज्ञान, सत्कार्य, सद्बुद्धि, विवेक, धैर्य, संयम, ब्रह्मप्राप्ति जस्ता अनेकौं उपलब्धि तिनको उपासनाबाट हासिल हुने कुरा अनुभवी र विज्ञहरू बताउँछन् । सामान्य व्यवहारमा योग्य, कुशल, शिक्षित, ज्ञानी, सहृदयी र विवेकशील गृहिणी भएको घर स्वभावतः उत्तम बनेको देखिन्छ । शैलपुत्रीको उपासनाले जनाउने अर्थ र दिने उपलब्धि पनि त्यही कुरा हो ।

चिसोले गर्दा हिमालयमा जडिबुटी र बुकी घाँस बाहेक धेरै प्रकारका वनस्पति उम्रँदैनन्् । यस कुराको प्रतीक स्वरूप शैलपुत्रीको पूजा कर्मकाण्डका जटिल विवरणको प्रस्तुतिभन्दा पनि पवित्र मनले दिलैदेखि उत्पन्न श्रद्धाका साथ गर्नुपर्ने कुरा जानकारहरू बताउँछन् । भावनात्मक गहिराइबाट उत्पन्न आस्था एवं भक्ति सबैजसो भगवतीका साथै शैलपुत्रीले पनि अपेक्षा गर्दछिन् । तिनको आशीर्वाद भएमा संसारका यावत् वैभव प्राप्त हुन्छन् भन्ने मान्यताले पनि प्रतीकात्मक अर्थ संवहन गरेको छ । महामाया, महाशक्ति, आद्या भगवती शैलपुत्रीमा हार्दिक नमन ।

भगवती ब्रह्मचारिणीको उपासना
आश्विन शुक्ल द्वितीया तिथि भनेको नवरात्री अनुष्ठानका क्रममा आद्या भगवतीको ब्रह्मचारिणी रूपको उपासना र अर्चना गर्ने दिन हो । मातृशक्तिको सर्वोच्च संस्था मानिने आद्या भगवतीका विभिन्न रूपमध्येको एक ब्रह्मचारिणी हो । ब्रह्मचारिणी भनेको ब्रह्मविद्याको अन्तिम सिद्धि मानिने सच्चिदानन्दमय परब्रह्ममा लीन गराएर साधकको कल्याण गर्ने नारीशक्ति हो । देवीको यस रूपको साधना गरेमा परमानन्दघन ब्रह्ममय स्वरूपमा एकाकार हुन सहयोग मिल्दछ भन्ने विश्वास गरिन्छ ।

ब्रह्म चारयितुं शीलं यस्याः सा ब्रह्मचारिणी अर्थात् ब्रह्मपद दिलाउने जुन शक्ति छ त्यसलाई ब्रह्मचारिणी भनिन्छ भन्ने व्युत्पत्ति गरिन्छ । जीवनको अन्तिम सिद्धि भनेको मोक्ष हो । यसलाई पुरुषार्थ चतुष्टयको पछिल्लो प्राप्ति पनि भनिन्छ । मनुष्यका लागि बढी सम्भव मानिने यस सिद्धिको आशामा देवताहरू पनि मान्छे बन्न लालायित हुन्छन्् भनिन्छ । यो प्राप्त भएमा जीवन सफल भएको मानिन्छ । ब्रह्मचारिणी भगवतीको आराधनाले यो उपलब्धि दिलाउन मद्दत गर्ने हुँदा उपासकहरू यस दिन प्रस्तुत शक्तिको अर्चना श्रद्धापूर्वक गर्दछन् ।

घरगृहस्थी तथा पारिवारिक जीवन जस्ता सांसारिक बन्धन बढाउने क्रियाकलापबाट मुक्त भएर लोकको हितका निमित्त आपूmलाई समर्पित गर्ने मातृ शक्ति भएकीले भगवतीलाई ब्रह्मचारिणी भनिएको हो भन्ने तर्क पनि कतिपय व्याख्याता प्रस्तुत गर्दछन् । ब्रह्मचर्यत्वमा बस्ने नारीका अर्थमा ब्रह्मचारिणी भनिएको कुरा यस्तो व्याख्याले प्रस्तुत गर्दछ । पूज्या ब्रह्मचारिणी भगवतीप्रति हार्दिक नमन ।

भगवती ब्रह्मचारिणीको उपासना
आश्विन शुक्ल द्वितीया तिथि भनेको नवरात्रि अनुष्ठानका क्रममा आद्या भगवतीको ब्रह्मचारिणी रूपको उपासना र अर्चना गर्ने दिन हो । मातृशक्तिको सर्वोच्च संस्था मानिने आद्या भगवतीका विभिन्न रूपमध्येको एक ब्रह्मचारिणी हो । ब्रह्मचारिणी भनेको ब्रह्मविद्याको अन्तिम सिद्धि मानिने सच्चिदानन्दमय परब्रह्ममा लीन गराएर साधकको कल्याण गर्ने नारीशक्ति हो । देवीको यस रूपको साधना गरेमा परमानन्दघन ब्रह्ममय स्वरूपमा एकाकार हुन सहयोग मिल्दछ भन्ने विश्वास गरिन्छ ।

ब्रह्म चारयितुं शीलं यस्याः सा ब्रह्मचारिणी अर्थात् ब्रह्मपद दिलाउने जुन शक्ति छ त्यसलाई ब्रह्मचारिणी भनिन्छ भन्ने व्युत्पत्ति गरिन्छ । जीवनको अन्तिम सिद्धि भनेको मोक्ष हो । यसलाई पुरुषार्थ चतुष्टयको पछिल्लो प्राप्ति पनि भनिन्छ । मनुष्यका लागि बढी सम्भव मानिने यस सिद्धिको आशामा देवताहरू पनि मान्छे बन्न लालायित हुन्छन् भनिन्छ । यो प्राप्त भएमा जीवन सफल भएको मानिन्छ । ब्रह्मचारिणी भगवतीको आराधनाले यो उपलब्धि दिलाउन मद्दत गर्ने हुँदा उपासकहरू यस दिन प्रस्तुत शक्तिको अर्चना श्रद्धापूर्वक गर्दछन् ।

घरगृहस्थी तथा पारिवारिक जीवन जस्ता सांसारिक बन्धन बढाउने क्रियाकलापबाट मुक्त भएर लोकको हितका निमित्त आपूmलाई समर्पित गर्ने मातृ शक्ति भएकीले भगवतीलाई ब्रह्मचारिणी भनिएको हो भन्ने तर्क पनि कतिपय व्याख्याता प्रस्तुत गर्दछन् । ब्रह्मचर्यत्वमा बस्ने नारीका अर्थमा ब्रह्मचारिणी भनिएको कुरा यस्तो व्याख्याले प्रस्तुत गर्दछ । पूज्या ब्रह्मचारिणी भगवतीप्रति हार्दिक नमन ।

भगवती चन्द्रघण्टाको उपासना
आज उपासना गरिने देवी भगवतीको रूपलाई चन्द्रघण्टा भनिन्छ । चन्द्रघण्टा भनेको मनका देवता तथा आह्लादकारी शक्तिले सम्पन्न ग्रह मानिने चन्द्रमालाई आफ्नो प्रतीक स्वरूप घण्टामा राख्ने देवीको स्वरूप हो । लोकको हित गर्नका लागि सदा दिलैदेखि समर्पित हुने मनकारी देवी भन्ने अर्थ पनि यस नामले व्यक्त गर्दछ । कठोर तपस्याबाट प्राप्त हुने विशेष सिद्धि र सत्ताका सन्दर्भमा पनि यो नाम प्रसिद्ध छ । आद्या भगवतीको प्रतीक मानिने घण्टामा अङ्कित चन्द्रमाको चिह्न भन्ने सामान्य अर्थ जनाउने यस शब्दले मनोयोग लगाएर भक्ति गर्ने भक्तका लागि इष्टफल दिने देवी भन्ने भाव पनि जनाउँछ । निरन्तर कर्तव्य पथमा समर्पित हुने साधकलाई उज्ज्वल कीर्ति प्रदान गर्ने महाशक्ति मानेर यिनको पूजा गर्ने चलन छ ।

नवरात्रि पर्वमा गरिने भगवती पूजाको तेस्रो अनुक्रमकी देवी चन्द्रघण्टा हुन् । यिनलाई महातपा पनि भनिन्छ । नवदुर्गाका नौ वटै रूपलाई महामाता भनिने परम्पराअनुसार यिनी महामाताका नाउँबाटसमेत चर्चित छिन् । भक्तजनको संरक्षणमा आमा बनेर उपस्थित हुने शक्ति पनि यिनलाई मानिन्छ । लोकको कल्याण गर्नमा अनवरत सक्रिय रहने माता चन्द्रघण्टामा हार्दिक नमन ।

भगवती कूष्माण्डाको उपासना
नवरात्रिको अनुष्ठानका क्रममा आश्विनशुक्ल चतुर्थी तिथिमा कूष्माण्डा नामकी भगवतीको उपासना गरिन्छ । कूष्माण्डा भनेकी तीन प्रकारका दुःखको पीडा वा सबै किसिमका नराम्रा भाव आफ्ना पेटभित्र राखेर लोकमा आनन्दको सञ्चार गर्ने मातृशक्ति हुन् । कुत्सित अर्थात् खराब, उष्मा अर्थात् पीडादायी दुनियाँ, अण्ड अर्थात् उदर रूप अवयवमा पचाएर लोकलाई स्वस्थ, स्वच्छ र पवित्र तुल्याउन सक्रिय रहने देवी भन्ने अर्थ कूष्माण्डा शब्दले जनाउँछ ।

सांसारिक दुःखका भेदहरूलाई तीन वटा वर्गमा राखेर त्यसलाई त्रिताप भनिएको छ । ईश्वरलाई त्रयतापहारी अर्थात् यी तीन वटै दुःखको हरण गर्ने संरक्षक भनिन्छ । देवी भगवतीको चौथो रूप कूष्माण्डाले सांसारिक समस्त दुःख नाश गर्ने कुरामा विश्वास गरिन्छ । ती दुःख बाहिर आउन पनि कूष्माण्डा माताले दिँदिनन् । सन्तानको दुःखकष्ट निवारणमा मातृशक्तिको सर्वोपरि भूमिका रहन्छ भन्ने अर्थ पनि यस शब्दले व्यक्त गर्दछ । हामी सबैकी संरक्षक आद्या भगवती माता कूष्माण्डालाई हार्दिक नमन ।

भगवती स्कन्दमाताको उपासना
आश्विनशुक्ल पञ्चमी तिथिमा गरिने शारदीय नवरात्रिकी भगवती स्कन्दमाता हुन् । छान्दोग्यश्रुतिमा बताइएअनुसार आद्या भगवतीको शक्तिबाट उत्पन्न सनत्कुमारलाई स्कन्द भनिन्छ । स्कन्दलाई उत्पन्न गर्ने मातृशक्ति भएकीले भगवतीलाई स्कन्दमाता अर्थात् स्कन्दकी आमा पनि भनिन्छ । स्कन्दलाई शास्त्रीय ज्ञानमा पारङ्गत र विशेष गरी ब्रह्मज्ञानका मर्मज्ञ सनत्कुमार भनिन्छ । भगवतीबाट स्कन्दको जन्म भएको घटनाका कारण भन्दा पनि ज्ञानका भण्डार मानिने तत्त्वलाई पनि जन्म दिने नारीशक्ति मानेर स्कन्दमाता भगवतीको पूजा प्रस्तुत तिथिमा गरिन्छ । यस परम्पराले जीवनमा ज्ञान र विशेष गरी ब्रह्मज्ञानको निकै ज्यादा महत्त्व रहेको कुरा अभिव्यक्त गर्दछ ।

नेपाली समाजमा विवाहित महिलालाई सम्बोधन गर्दा निर्दिष्ट नामबाट भन्दा पनि फलानाकी आमा भन्ने चलन छ । कतिपय ठाउँमा त यसरी फलानाकी आमा भनेर बोलाउँदा बोलाउँदा सम्बद्ध व्यक्तिको नाम नै घरपरिवारका सदस्यलाईसमेत थाहा हुँदैन । यस शब्दले नेपालीपनको परिचय पनि दिएको छ । अर्को कुरा के पनि हो भने योग्य र चर्चित सन्तानबाट आमाबाबुको सान, मान बढ्ने हुँदा परिवार तथा समाजले स्कन्द जस्तै प्रत्येक सन्तान आमाबाबुको नाम उज्ज्वल तुल्याउने गरी विशिष्ट खालको हुनु पर्दछ भन्ने आकाङ्क्षा राख्दछ । स्कन्दमाता शब्दले यस कुराको सङ्केत दिएको छ । सुयोग्य सन्तानको अपेक्षा गर्नेहरूले यस दिनको पूजालाई विशेष महत्त्व दिन्छन् । सारा चराचर जगत्््की आमा भए पनि स्कन्दको नामबाट आपूm परिचित बन्न मन पराउने महामाता भगवती स्कन्द माताप्रति हार्दिक नमन ।

भगवती कात्यायनीको उपासना
आश्विनशुक्ल षष्ठी तिथिको दिनमा भगवती कात्यायनीको उपासना गरिन्छ । सत्य र लोककल्याणकारी कार्य गर्ने, गराउने, त्यस प्रकृतिका काममा संलग्न एवं सक्रिय रहनेहरूको रक्षा गरी तिनलाई अभिप्रेरित तुल्याउने उद्देश्यले आद्या भगवतीले महर्षि कात्यायनको आश्रममा कन्याको रूपमा आपूmलाई अवतरित गरेकी थिइन् । तिनलाई छोरी बनाई महर्षि कात्यायनले हुर्काएका थिए । महर्षि कात्यायनकी छोरी बनेर देखापरेकी नारीशक्ति भएकीले यिनलाई कात्यायनी भनिएको हो । कुमारी पूजनलाई महत्त्व दिने परम्पराको थालनीमा देवीको यस रूपको पनि निकै ठूलो भूमिका रहेको मानिन्छ । कौमार्य शक्तिले व्यक्तित्व विकासमा पु¥याउने बलकी प्रतीक पनि भगवती कात्यायनी हुन् । यिनको उपासनाले मेधाशक्ति, वाक्शक्ति, प्रभावित तुल्याउने र कार्यशक्ति बढ्ने कुरामा विश्वास गरिन्छ ।

महिलाका विभिन्न रूपमध्येको प्रियतम मानिने कुमारी रूपमा प्रकट भएर देवीको असामान्य शक्तिको परिचय दिने अवतार कात्यायनी हो । यस रूपले नारी शक्तिको कठोरता सौम्य दृश्यमा प्रकट हुने कुराको सङ्केत गर्दछ । अत्यन्त शक्तिशाली मानिने भगवती कात्यायनीप्रति हार्दिक नमन ।

भगवती कालरात्रिको उपासना
आश्विन शुक्ल सप्तमी तिथिमा दशैं पर्वमा नेपाली समाजमा पूmलपाती भित्र्याएर धुमधामका साथ भगवती कालरात्रिको अर्चना गर्ने दिन हो । जीवन भनेको समय हो । अझ जीवनान्त पनि समयलाई नै भनिएको हो । समयलाई काल पनि भनिन्छ । समय पूर्ण भएपछि जन्मने र मर्ने क्रम सृष्टिमा नियमित रूपमा चली रहन्छ । समयको ख्याल गरी जीवनको व्यवस्थाका साथै हरण पनि गर्ने शक्तिलाई काल भनिन्छ । काल भनेको मूलतः मारण शक्ति हो । सामान्य व्यवहारमा पनि कुनै व्यक्तिको मृत्यु भएमा कालले लग्यो भनिन्छ । उमेर पुग्यो वा समय पूरा भयो भन्नको सट्टा समयको प्रतीक मानिने काललाई जीवन हरण गर्ने तत्त्व ठानिने हुँदा यस्तो भन्ने चलन चलेको हो ।

कालको पनि काल बनेर उपस्थित हुने देवी मानिने परम्पराका कारण प्रस्तुत नारीशक्तिलाई कालरात्रि भनिएको हो । यिनका अगाडि कालको पनि केही चल्दैन । त्यसैले यिनलाई महाकालस्वरूपिणी देवी महाकाली भनिएको हो । जहाँ जन्म हुन्छ त्यहीँ मृत्यु पनि हुन्छ भन्ने सत्यको उद्घोष गर्ने शक्ति पनि कालरात्रि हुन् । कालको पनि काल बनेर समस्त जगत्को जीवन हरण गर्न सक्ने यिनी तुलनात्मक रूपमा ज्यादा कठोर मानिन्छिन् ।

सनातन परम्परामा वर्षचक्रका प्रमुख रात्रिमा पर्ने केही चाडमा आजको दिन पनि विशेष मानिन्छ । यस दिनलाई कालरात्रि, शिवरात्रिको दिनलाई महारात्रि र भगवान् कृष्णको जन्म भएको दिनलाई मोहरात्रि भनिन्छ । त्रिरात्रीका रूपमा प्रस्तुत तिन वटा चाड आआफ्ना मूल्य र मान्यतामा आधृत भई मनाइन्छन् । आद्या भगवतीको कालरूप यस अवतारका प्रति हार्दिक नमन ।

भगवती महागौरीको उपासना
आश्विन शुक्ल अष्टमी तिथिलाई भगवती महागौरीको उपासना गर्ने शुभ अवसर मानिन्छ । शारदीय नवरात्रीका अनुष्ठानमा गरिने नवदुर्गा भगवतीका विभिन्न अवतार मध्ये महागौरी एक हुन् । निकै कठोर तपस्या गरी सत्कार्यको सिद्धिरूपी प्रकाश वा उज्यालो प्राप्त गर्न सफल भएकी देवी हुनाले यिनलाई महागौरी भनिएको हो । जाडोमा जल समाधि तथा गर्मीमा पञ्चाग्निको रापमा अनवरत समाधि लिएर आफ्नो जीवन र नारी जातिलाई उच्च तहको स्थान दिलाउन सफल भएकी महिला यिनी हुन् । सत्कार्य गर्ने व्यक्तिलाई उज्यालो वा गोरो र नराम्रो काम गर्ने व्यक्तिलाई कालो भनिन्छ । सत्कर्मका माध्यमबाट उज्ज्वल कीर्ति आर्जन गर्ने देवी हुनाले यिनलाई कठोर तपस्या गरी गोरो वर्ण प्राप्त गर्न सफल देवी भनिन्छ । राम्रो काम गरेर विख्यात बनेकी नारी भन्नुको सट्टा कठोर तपस्या गरेर प्राप्त भएको सिद्धिको प्रतीक गोरो वर्णकी हुनाले यिनी गौरी कहलाइएकी हुन् ।

राम्रो कर्म गर्ने व्यक्तिले यश र कीर्ति प्राप्त गर्ने सन्देश भगवतीको प्रस्तुत रूपले प्रवाह गरेको छ । देवी पार्वतीलाई गौरी भन्नुको कारण पनि यही हो । लोकमा यस शब्दका आधारमा सन्तानको नामकरण गर्ने चलन चल्नुको कारण पनि सत्कार्यलाई नै महत्त्व दिनु हो । समयको सदुपयोग गर्न, लोकको हित हुने काममा सक्रिय बन्न र जीवनलाई कर्मठ तुल्याउन भगवतीको यस रूपले सबैलाई प्रेरित गरेको कुरा थाहा हुन्छ ।

महागौरीको उपासनाका क्रममा कतिपय ठाउँमा पशुबलि दिने गरिन्छ । विप्रहरूले रक्तपात हुने कुनै पनि क्रियाकलाप गर्न नहुने निर्देश शास्त्रले गरेको छ । थाहा पाउनु पर्ने अर्को कुरा के हो भने पशुबलि भनेको मनुष्यमा रहेका पशुत्व भाव समाप्त गर्नु हो । काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य जस्ता भावनालाई पशु भनिएको छ । यस प्रकारका भावनाको अन्त्य गर्नु नै पशुबलि हो । शास्त्रले बताएको मर्मको गलत अर्थ लगाएर जे भने पनि मान्ने कमजोर, आज्ञापालक, निरीह, विवश, मान्छेप्रति पूर्ण विश्वास गर्ने पाठो काटेर देवतालाई खुसी पार्न खोज्ने सोच अशास्त्रीय, मूर्खतापूर्ण, विवेकहीन, अन्याय, आपराधिक कार्य र आपत्तिजनक व्यवहार हो । यस्तो काम ज्ञानी वा शास्त्रज्ञहरू गर्दैनन् । कुनै मान्छेको काखको बालक वा किशोरावस्थाको सन्तानलाई बोकालाई जस्तै बलिमा चढाइयो भने मनमा कस्तो पीडा हुन्छ भन्ने कुरासित पशुबलि दाँज्नु आवश्यक देखिन्छ । ईश्वरले यस्तो बुद्धि मानव जातिलाई दिउन् भन्ने कामना गर्दै आद्या भगवती महागौरीप्रति हार्दिक नमन ।

भगवती सिद्धिदात्रीको उपासना र वडादशैं
आश्विनशुक्ल नवमी तिथि भगवती सिद्धिदात्रीको उपासना गर्ने शुभ मुहूर्तका रूपमा चर्चित छ । यस वर्ष वडादशैं पनि आजकै दिनमा परेकाले भगवती सिद्धिदात्रीको अर्चना गरी दशैंको टीका लगाउने काम गर्नुपर्ने अवस्था छ । कतिपय ठाउँमा हिजै भगवती सिद्धिदात्रीको पूजा गरिएको छ ।

नवरात्रिका अवसरमा गरिने आद्या भगवतीको उपासनाको पछिल्लो चरणमा पर्ने अनुष्ठान भगवती सिद्धिदात्रीको पूजा हो । नवौं दिनमा गरिने यो पूजा नवरात्रीको साधनालाई सार्थक बनाउने वा नवरात्रीको उपासनाको फल प्रदान गर्ने देवीलाई सर्वोपरी महत्त्व दिने सत्कार्य हो । गरिएको अनुष्ठानको फल प्रदान गर्ने अर्थमा प्रस्तुत देवीलाई सिद्धिदात्री भनिएको हो । कुनै पनि कर्मको फल त मिल्दछ नै भन्ने कुराको संकेत पनि सिद्धिदात्री भगवतीले प्रकट गर्दछन् । अन्य दिनका उपासना साधना हुन् भने आजको उपासना सिद्धि हो । देवीले आफ्नो सेवामा लाग्ने र सेवासुश्रूषा र कर्तव्यपालनमा समर्पित हुने प्रत्येक साधकलाई खाली हात फिर्ता पठाउँदिनन् । कामअनुसार सुहाउँदो नाम भएकी देवी सिद्धिदात्रीमा हार्दिक नमन ।

नेपाली सामाजका अधिकतर बासिन्दाले ज्यादै महत्त्व दिएर मनाउने चाड बडा दशैं हो । मान्यजनबाट आशीर्वाद स्वरूप टीका थाप्ने काम यो चाडको मुख्य चलन हो । दशैंको टीका आदरणीय व्यक्ति तथा ढोक्नु पर्ने साइनोका व्यक्तिलाई सम्मान दिनु र तिनीहरूबाट स्नेह, आशीर्वाद, अपनत्व, निकटता र कर्तव्यपालनको अपेक्षा गर्ने परम्पराको प्रतीक हो । भगवान् रामले रावणको प्रवृत्तिको अन्त्य गरेका र देवी भगवतीले राक्षसी वृत्तिको अन्त्य गरेका पौराणिक घटनालाई आधार बनाएर विजयको प्रसादका रूपमा मान्यजनबाट टीका थाप्ने शास्त्रीय मान्यतामा ढालिएको चलन दशैंको टीका हो ।

यसले समाजमा शान्ति, मित्रता, विश्वास, प्रेम, सहयोग, अन्योन्याश्रय, कर्तव्य पालन, अनुशासन, संयमजस्ता अनेकौं सद्व्यवहार स्थापित गर्न मद्दत पुर्याएको देखिन्छ । अचेल कतिपय व्यक्तिले सीमित स्वार्थलाई महत्त्व दिई दशैं मनाउने विषयमा अनेक थरी नकारात्मक टिप्पणी गरेको पनि देखिन्छ । आफूले कुनै कुरा मान्नु छैन भने नमाने भई हाल्दछ तर अरूका आस्था, विश्वास, मूल्य, मान्यता र परम्परामाथि धावा बोल्नु उचित हुँदैन । यस्तो काम मानवीय अनुशासनका दृष्टिले पनि अनुकूल मानिँदैन । जुन व्यक्तिबाट दशैंको टीका थापिन्छ र जुन व्यक्तिलाई यस्तो टीका लगाइन्छ त्यसप्रति राखिने सोच र गरिने व्यवहार भावनात्मक दृष्टिले सामान्य नभएर विशिष्ट हुन्छ । भावनात्मक विशिष्टता र व्यावहारिक विशिष्टता दशैंको वैशिष्ट्य हो ।

(*प्रा. जयराज पन्तका वैचारिक विरासत, पेज नम्बर १७०-१७९ सम्म, प्रकाशक: लोकवार्ता परिषद नेपाल, २०७३)

Loading...