डोटेली संस्कृतिमा दमाईं जातिको भूमिका

मुख्य समाचार विचार

– बद्री शर्मा ‘बिनाडी’ (पिएच.डी)
सारसंक्षेप
प्रस्तुत कार्यपत्रमा दमाई जातिको परिचय, डोटेली लोकजीवनले मनाउँदै आएका चाडपर्व, संस्कारकर्म, जात्रा र सामुहिक कामहरूमा दमाईको उपस्थिति र भूमिकाको बारेमा चर्चा गरिनुका साथै दमाईले बजाउने बाजाका घाई र तालहरूका बारेमा चर्चा गरिएको छ । आज सो जातिले परम्परागत पेशा छोड्दै गएको कारण र यसको संरक्षणको आवश्यकता बारे उल्लेख गरिएकोे छ ।

डोटेली संस्कृतिका प्रमुख आधार हुन् – यहाँका देवीदेवता र तिनीहरूप्रति श्रद्घा, विश्वास तथा डोटेली लोकजीवनले परम्परादेखि हर्षोल्लासका साथ मनाउदै आएका चाडपर्व, संस्कारकर्म र उत्सव । यसका अतिरिक्त सामुहिक रूपमा सम्पन्न गरिने रोपाईजस्ता कृषि कार्यलाई पनि उत्सवकै रूपमा लिइन्छ । उपर्युक्त सम्पूर्ण कार्यहरू सम्पन्न गर्न बाजाहरू बजाउने दमाई जातिको उपस्थिति अनिवार्य मानिन्छ । जुनसुकै कार्य गर्दा वाद्यवादन,लोक र साहित्य, लोकनृत्यको सम्वाहक र संरक्षकका रूपमा रहेको दमाई जातिले बाजाका २२ घाँई, ६४ धुन, अभिनय कला, धार्मिक, ऐतिहासिक विषयका गीतगाथा÷काव्यलाई मनमस्तिष्कमा संचित गरेर राख्ने र तत्तत् अवसरमा वाद्य धुनकासाथ वाचन गर्ने दमाई जातिको विशेष महत्त्व रहिआएको छ । डोटेली लोकजीवनले दमाईलाई औजी,ढोली,कलौत र हुड्के जस्ता नामले पनि बोलाउँछ ।

संस्कृत भाषाको ‘अवज’ शब्दको अपभंश रूप औजी हो भने ढोल बजाउने र ढोलसागर ग्रन्थका ज्ञाता र त्यसै ग्रन्थमा वर्णन गरिएका वाद्यधूनहरू बजाउने हुँदा ढोली भनिएको बुझिन्छ । कल अर्थात लुगा सिउने मेसिन चलाउने हुँदा कलौत भनिएको हो भनी सातफरी ४ डोटीका वर्ष ४२ का देस बहादुर ढोली बताउँछन् । हुड्को बजाउने हुँदा हुड्के भनिएको बुझिन्छ । जे होस, दमाई डोटेली समाज र संस्कृतिको त्यस्तो अभिन्न र महत्त्वपूर्ण अंग हो जस बिना लोकपरम्पराहरू, धार्मिक, सांस्कृतिक कार्यहरू यज्ञयगादि,चाडपर्व, यज्ञगादी, संस्कारकर्म र विकास निर्माणका सामुहिक कार्य जहाँसुकै जुनसुकै काममा दमाई आवश्यक मानिन्छ । त्यसैले दमाई पनि दाइनु, दमाह, झ्याली, नरसिँगा, ट्याम्के आदि बजाएर वातावरणमा छुट्टै अलौकिक आनन्द र उमङ्ग संचार गर्दछ । नारीवर्गद्वारा गाइने फाग÷मांगलमा भनिएको छ – पहिले व्राह्मणलाई निम्तो अनि औजीलाई बोलाउनु अनि मात्र निर्विघ्न पूर्वक कार्य सम्पन्न हुन्छ ।

विस्तृत तल पढ्नुहोस् :

Loading...