मिस मंगोलियन इम्पायर हुने

मनोरञ्जन मुख्य समाचार

काठमाडौं, २५ असोज, ६९ जनजातिभित्रका युवतीका लागि ‘मिस मंगोलियन इम्पायर २०१८’ हुने भएको छ । प्रतियोगिता डिसेम्बर २२ मा काठमाडौंको मल्ल होटलमा हुने बताइएको छ । क्लब ४० इन्टरनेशनलले बुधबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी गराएको हो ।

प्रतियोगिताका लागि कात्तिक १५ गतेदेखि देशका विभिन्न स्थानमा अडिसन सुरु हुनेछ । नुवाकोट, धरान, पोखरा र काठमाडौंलगायतका शहरमा छानिएका ४० प्रतियोगिले अन्तिम स्पर्धामा भाग लिने छन् । प्रतियोगिताका विजेताले नगद पुरस्कारसहित स्कुटी तथा विभिन्न म्युजिक भिडियोमा खेल्ने अवसर पाउने बताइएको छ ।

Loading...