पेट्रोल पम्पमा सिलबन्दी

आजको बजार मुख्य समाचार

कलैया, २३ असोज गुणस्तर तथा नाप तौल क्षेत्रीय कार्यालय वीरगञ्जले आज बारामा सञ्चालित  दुई वटा पेट्रोल पम्पमा सिल गरेको छ । कलैया उपमहानगरपालिका वडा नं १ स्थित अमित आयल स्टोर र कलैया उपमहानगरपालिका वडा नं १३ स्थित विजय आयल स्टोरमा सिल गरिएको क्षेत्रीय कार्यालयका प्रमुख शशिकान्त यादवले जानकारी दिनुभयो ।

अमित आयलले विसं २०७१ देखि जाँच नगराएको र १० लिटर पेट्रोलमा ३०० एमएल कमी भएको तथा पल्सर, गेयरमा समेत सिल नभएको हुँदा बाध्य भई नोजल सिल गरिएको प्रमुख यादवले जानकारी दिनुभयो । त्यसैगरी विजय आयलको डिजलमासमेत घटी भएको पाइएकाले त्यसलाई सिल गरिएको उहाँले भन्नुभयो । के–कति कारणले तेल कमी भएको हो, त्यस सम्बन्धमा अनुसन्धान भइरहेको क्षेत्रीय प्रमुख यादवले जानकारी दिनुभयो ।  (रासस)

Loading...