नौलीन टेनिस मङ्गलबारदेखि

खेलकुद विषेश समाचार

काठमाडौँ, २२ असोज जुनियर टेनिस इन्सेटिभको संयोजन, नेपाल टेनिस सङ्घको सहकार्य तथा नौलिन स्पोर्ट्स भिल्लाको आयोजनामा फस्ट नौलीन जेआइटी जुनियर टेनिस च्याम्पियनसीप २०१८ मङ्गलबारदेखि शुरु हुँदैछ ।

बूढानीलकण्ठस्थित भिल्लाकै कोर्टमा हुने सो प्रतियोगितामा १२ स्पर्धा (समूहगत प्रतिस्पर्धा) समावेश गरिएको छ । प्रतियोगिता यही असोज २७ गतेसम्म सञ्चालन हुनेछ । सङ्घको वार्षिक तालिकानुसार सो प्रतियोगिता शुरु हुन लागेको उक्त सङ्घले जनाएको छ ।(रासस)

Loading...