मगर संस्कृतिमा आधारित दुई पुस्तक लोकार्पण

कला/संस्कृति विषेश समाचार

काठमाडौँ, १८ असोज मगर संस्कृति, उत्पत्ति र परम्पराका बारेमा लिखित ‘मगर जातिको इतिहास’ र ‘धौलागिरि क्षेत्रको अमूर्त लोकसंस्कृति’ नामक दुई पुस्तक आज यहाँ लोकार्पण गरिएको छ ।

डा मीन श्रीस मगर र प्रतिभा पुनद्वारा लिखित उक्त पुस्तक मगर संस्कृतिको प्रवद्र्धनमा कोशेढुङ्गा हुने विश्वास गरिएको छ ।  डा मीन श्रीस मगरद्वारा लिखित पुस्तकमा प्रयोग गरिएका तस्वीरले इतिहासलाई प्रष्ट पार्न सघाउ पुग्ने विश्वास प्राज्ञ दिनेशराज पन्तको छ ।

त्यस्तै डा जगमान पुनले प्रतिभाद्वारा लिखित पुस्तक सानो भए पनि यसमा थुप्रै कुरा समेटेको उल्लेख गर्दै मगर जातीको पहिचान भनेकै तन्त्रमन्त्र रहेको बताउनुभयो । कार्यक्रममा प्राज्ञ शशि शाहले नेपालभित्र विभिन्न जातजातिको बसोबास छ, उनीहरुबीचको एकता नै हाम्रो पहिचान हो भन्दै मातृभूमिको रक्षा गर्नु हामी सबैको कर्तव्य हो बताउनुभयो ।

Loading...