‘आइएसले कडा कारबाहीको सामना गर्नुपर्ने चेतावनी’

मुख्य समाचार विश्व

पेरिस, १६ असोज स्लामिक स्टेट (आइएस) जिहादी समूहले अमेरिकी नेतृत्वको सैन्य गठबन्धनको सिरियामा हुने कारबाहीमा कडा सङ्घर्ष गर्नुपर्ने अमेरिकी रक्षामन्त्री जिम म्याटिसले मङ्गलबार बताउनुभएको छ । चारबर्ष पहिले अतिवादी जिहादी समूहद्वारा इराक र सिरियामा भएका आधारक्षेत्रबाट झण्डै झण्डै उनीहरू विस्थापित बनिसकेको तर उनीहरूलाई पूर्णरूपमा पराजित गर्न ‘अझै केही समय लाग्ने’ रक्षामन्त्री म्याटिसले बताउनुभयो ।

यसबारे कुनै गल्ती नगर्नुस्, आइएसआइएस समूहहरू एक आपसमा विवादित बनेर पनि ध्वस्त भइरहेका छन्, उहाँले भन्नुभयो । गठबन्धनले बाँकी कामलाई फत्ते गर्नेछ । अब उनीहरूको झण्डै दुई प्रतिशत भूभागमा मात्रै नियन्त्रण रहेको छ । उहाँले थप्नुभयो, “त्यसैले उक्त क्षेत्रलाई नियन्त्रणमा लिन अहिलेसम्मकै अझ कडा कारबाही हुनेछ । यसमा कोही भ्रममा नरहन मैले विश्वस्त पार्न चाहन्छु ।” गत महिना फ्रान्सको सैन्य प्रमुखले आइएसलाई आगामी जनवरीसम्म पूर्णतया परास्त गर्ने बताउनुभएको थियो ।(रासस÷एएफपी)

Loading...