त्रिवि शिक्षाध्यक्षको कार्यालयमा तोडफोड

मुख्य समाचार शिक्षा

काठमाडौं, १५ असोज, त्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्षको कार्यालय कीर्तिपूरमा विद्यार्थीहरुले तोडफोड गरी शिक्षाध्यक्ष प्रा.डा सुधा त्रिपाठी माथि दुर्व्यवहार गरेका छन् । आइतबार अपरान्ह साढे एक बजे शिक्षाध्यक्षको कार्यालयमा पसी छलफलका लागि समय उपलब्ध नगराएको भन्दै विद्यार्थीले कार्यालय तोडफोड गरेका हुन् ।

शिक्षा मन्त्रालयमा आयोजित कार्यक्रम जानुपर्ने भएकाले तत्काल समय व्यवस्थापन गर्न कठिन रहेको त्रिपाठीले जनाएपछि ८/१० जना विद्यार्थीहरुले कार्यालयमा प्रवेश गरी उदण्ड मच्चाएको बताइएको छ ।

विद्यार्थीले शिक्षाध्यक्षमा कार्यरत कर्मचारीहरुसमेतलाई त्रसित पारेको शिक्षाध्यक्षको कार्यालयका प्रमुख निर्मल मिश्रले जानकारी दिए । घटनाबाट २ वटा कुर्सी र टेवलमा क्षति पुगेको कार्यालयले जनाएको छ । प्राज्ञिक निकायमा विद्यार्थी वर्गबाट भएको यसप्रकारको अमर्यादित व्यवहारप्रति शिक्षाध्यक्ष प्रा.डा त्रिपाठीले खेद व्यक्त गरेकि छिन् ।

Loading...