प्रधानमन्त्री ओली रात्रिभोजमा संलग्न

मुख्य समाचार राजनीति

विशेष प्रतिनिधि सुरेन्द्रबहादुर नेपाली सान होजे, १४ असोज ९ प्रधानमन्त्री केपी शर्मा ओली आज कोस्टारिकाका लागि नेपाली महावाणिज्यदूत आना भिक्टोरिया बादिला भीले आयोजना गर्नुभएको रात्रिभोजमा संलग्न हुनुभयो । उहाँको सम्मानमा आयोजित रात्रिभोजमा अन्य नेपाली प्रतिनिधिमण्डलको  पनि सहभागिता थियोे  ।

त्यसअवसरमा महावाणिज्यदूत भिक्टोरिया बादिला भीले प्रधानमन्त्रीको स्वागत गर्नुभएको थियो भने प्रधानमन्त्री ओलीका तर्फबाट अमेरिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्कीले धन्यवाद व्यक्त गर्नुभएको थियो ।

प्रधानमन्त्री ओलीको साथमा उहाँकी धर्मपत्नी राधिका शाक्य पनि सहभागी हुनुहुन्छ । उक्त प्रतिनिधिमण्डलमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, शिष्टाचार महापाल दीपक अधिकारी तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारी रहनुभएको छ । (रासस)