गजल – निर्मल खनाल

मुख्य समाचार साहित्य

दुई, चार जना मान्छे, जुटाएर राजनीति चलिराछ
जनताको टाउको, फुटाएर राजनीति चलिराछ !

 

कलम चलाउन, पर्ने ठाउँमा आज के हो यस्तो?
बन्दुक र मुङ्गरो, उठाएर राजनीति चलिराछ !

 

अपराध, हत्या, बलात्कार अन्त्य हुने कैले यहाँ
हत्यारालाई जेलबाट, छुटाएर राजनीति चलिराछ !

 

आफ्ना सन्तानलाई, विदेश पढ्न पठाउँछन्
अरुको छोराछोरी, कुटाएर राजनीति चलिराछ !

 

आफैं भन्छन्, सत्ता पाए देश यस्तो बनाउछु
अरुको इज्जत, लुटाएर राजनीति चलिराछ !!

(हिलिहाङ-५, पाँचथर, हाल: काठमाडौँ)

Loading...