तपाईंको आजको राशिफल

आजको राशिफल मुख्य समाचार

आज मिति २०७५ असोज १३ गते आइतबार, आश्विन कृष्णपक्ष पञ्चमी तिथि, तदनुसार सन् २०१८ को सेप्टेम्बर ३० तारिखअनुसार तपाईंको आजको राशिफल यसप्रकार रहेको छः

मेषः
व्यापारबाट मनग्य आम्दानी हुनेछ । भातृसम्बन्धमा सुधार आउँदा पैतृक र व्यवहारिक समस्या सुल्झनेछन् । बोलीको प्रभाव बढ्नेछ । रोजगारीमा पदोन्नती हुनेछ । वैदेशिक क्षेत्रबाट शुभ समाचार सुन्न पाइनेछ ।

वृषः
प्रेममा धोका हुन सक्छ सावधान रहनु होला । निर्णय क्षमता कमजोर बन्नाले महत्वपूर्ण काम गुम्ने सम्भावना छ । बोलीको आलोचना हुनेछ । पैतृक सम्पतीको नोक्सानी हुनेछ । स्वास्थ्यमा सामान्य समस्या आउने छ ।

मिथुनः
शैक्षिक यात्राको अवसर प्राप्त हुनेछ । काम गर्ने जाँगर भने मरेर आउनेछ । धार्मिक आस्था घट्नेछ । पैतृक सम्पतिको हानी हुनेछ । सोचेको काम पुरा नहुँदा मानसिक तनाब बढ्ने देखिएको छ ।

कर्कटः
रोजगारीको नयाँ अवसर प्राप्त हुनेछ । भेटघाटमा दिन बित्नेछ । प्रियजनको साथ र सहयोग निरन्तर रहने छ । आर्थिक लाभ पनि मिल्ने छ । वादविवाद पर्नसक्नेतर्फ भने सावधान रहनु होला ।

सिंहः
मिष्ठान्न भोजन प्राप्त हुनेछ । वैदेशिक क्षेत्रबाट खासै काम बन्ने छैन । काम सम्पन्न गर्न कडा मेहनतको जरुरत पर्नेछ । स्वास्थ्यमा समस्या आउँदा शरीरमा आलस्यता बढ्नेछ । कानुनी झमेलाको समेत सामना गर्नुपर्ने हुनसक्छ ।

कन्याः
नोकरी तथा व्यवसायको क्षेत्रबाट खासै उपलब्धी नभएको महसुस हुनेछ । स्वास्थ्य समस्याले पिरोल्नेछ । आलोचना गर्नेहरुका कारण नैरास्यता बढ्नेछ । आत्मविश्वास घट्नेछ । मन खिन्न रहने छ । प्रियजनको साथ र आँटले साँझपख मन हर्षित रहनेछ ।

तुलाः
आफन्तसँग भेटघाट तथा खानपानको अवसर मिल्ला । छोटो दुरीको भए पनि यात्रा गर्नु पर्ला । विलासिताका सामान उपहारको रुपमा प्राप्त गरिनेछ । प्रेममा सफलता मिल्नेछ । स्वास्थ्य समस्या भने ज्यूँका त्यूँ रहने भएकोले सचेत रहनु होला ।

वृश्चिकः
व्यापार, व्यवसायबाट मनग्य आम्दानी हुनेछ । बोलीको प्रभावका कारण महत्वपूर्ण काम बन्नेछ । प्रियजनको साथ र सहयोग निरन्तर रहनेछ । यात्रा गर्दा भने चोटपटकको सम्भावना छ विशेष सावधानी अपनाउनु होला ।

धनुः
तपाईंको लागि आजको दिन मध्यम रहेको छ । अधुरा काम पुरा हुनेछन् । नयाँ व्यापार वा रोजगारीको अवसर आउनेछ । यात्राको पनि अवसर प्राप्त हुनेछ । पैतृक सम्पतिको विवाद भने चुलिने भएकोले सचेत रहनु होला ।

मकरः
शैक्षिक क्षेत्रमा गरेको लगानीले मनग्य आम्दानी दिनेछ । पारिवारिक समस्या भने बढेर जानेछन् । अरुको भलो गर्न खोज्दा अपजस मात्रै आउनाले मन खिन्न हुनेछ । अर्थ उपार्जनमा कमजोर सावित हुँदा अरुको आलोचना खप्नु पर्नेछ ।

कुम्भः
तपाईंको वौद्धिकताको सर्वत्र प्रशंसा हुनेछ । महुमूल्य वस्तु जोड्ने योग परेको छ । अध्ययन, अध्यापनमा सफलता मिल्नेछ । सोचेको काम सहजै पुरा हुँदा मन प्रसन्न रहनेछ । साँझपख साथीभाइसँग रमाइलो भेटघाट हुनेछ ।

मीनः
प्रियजनको सहयोगले महत्वपूर्ण काम बन्नेछ । तपाईंको बोली र व्यवहारका कारण ठूला व्यक्तिहरु प्रभावित हुनेछन् । विलासिताका सामान उपहारको रुपमा प्राप्त हुनेछ । अध्ययन, अध्यापनमा भने सफलता हातपार्न ठूलै कसरत गर्नु पर्ने देखिएको छ ।

Loading...