मनोहरा साहित्य समाजको ३६औं शृंखला सम्पन्न

मुख्य समाचार साहित्य

काठमाडौँ, १३ असोज, मनोहरा साहित्य समाजको ३६औं शृंखलामा शनिबार सम्पन्न भएको छ । यो हरेक महिनाको दोस्रो शनिबार आयोजना हुँदै आएको रचनावाचनको नियमित कार्यक्रम हो ।

कार्यक्रममा कवि सम्पत काफ्ले, गोविन्द नेपाल, सुनिल पुरी, इन्द्रजीत शर्मा चौलागाई, रामजी प्रसाद दनहाल, भरत गुरुङ, रुकुम टमटा, टोपबहादुर पुन, खेमलाल पोखरेल, पुरुषोत्तम सिग्देल, छविरमण सिलवाल, नुरदेव खनाल, सुमन पुडासैनी, डा।खगेन्द्रनाथ शर्मा, जसध्वज गुरुङ, रत्ननिधि रेग्मी शुक्राचार्य लगायतले कविता वाचन गरेका छन् ।

वाचन गरिएका कवितामाथि अतिथि गोविन्दमणि सुवेदीले मिहीन समीक्षा गरेका थिए । उनले कविता कविहरुका मात्रै नभएर हाम्रा कविता भएको बताए ।

कार्यक्रमको प्रमुख अतिथिको रुपमा गजलकार तथा प्राज्ञ व्यक्तित्व बुंद राना रहेका थिए । अतिथिको रुपमा समी साहित्य प्रतीष्ठानका नवनिर्वाचित सदस्य गोपाल अश्क थिए । साहित्यकार शीतल गिरीले संयोजन गरेको सो कार्यक्रमको सभापतित्व मनोहरा साहित्य समाजका डिल्लीराज अर्यालले गरेका थिए ।

Loading...