आजको राशिफल

आजको राशिफल मुख्य समाचार

आज मिति २०७५ साल असोज १२ गते शनिबार, आश्विन कृष्णपक्ष चतुर्थी तिथि, तदनुसार सन् २०१८ को सेप्टेम्बर २९ तारिखअनुसार तपाईंको आजको राशिफल

मेषः
पारिवारिक विवादको सामना गर्नु पर्ला । सोचेको काम पुरा नहुँदा मन खिन्न रहनेछ । आवेगलाई नियन्त्रण गर्नु नै तपाईंको लागि उपयुक्त हुनेछ । खर्च बढ्नेछ ।

वृषः
भाग्यको साथ तपाईंको हात छ । परिश्रमबाटै मनग्य धनआर्जन गर्ने अवसर छ । रोजगारीका अवसरहरु प्राप्त होलान् । वैदेशिक यात्राको अवसर पनि आउने देखिएको छ ।

मिथुनः
व्यवसायबाट मनग्य प्रगति हुनेछ । आफन्तसँगको भेटघाटमा दिन बित्नेछ । अध्ययन, अध्यापनमा रुची बढ्नेछ । मन प्रशन्न रहँदा काम गर्ने जाँगर बढ्ने छ ।

कर्कटः
बेलैमा निर्णय लिन नचुक्नु होला जसले गर्दा महत्वपूर्ण काम हातबाट नफुत्कियोस् । प्रेममा सामान्य उतारचढाव आउनेछ । मौसमी रोगले सताउने छ । अध्ययन, अध्यापनमा सफलता मिल्ने छ ।

सिंहः
बोलीको प्रभावका कारण महत्वपूर्ण काम बन्नेछ । प्रियजनको साथ र सहयोगले धन आर्जन हुनेछ । प्रेम सम्बन्ध नयाँ उचाईमा पुग्नेछ । आफन्तको सहयोग पनि प्राप्त भइरहने छ ।

कन्याः
तपाईंको बौद्धिकताको प्रशंसा गर्नेहरु भेटिनेछन् । दिन साथीभाइहरुसँगको भेटघाटमा व्यतित हुनेछ । आकस्मिक धनलाभको समय रहेको छ । विशेष व्यक्तिको सहयोगमा महत्वपूर्ण काम बन्नेछ ।

तुलाः
आज आर्थिक कारोबार नगरेकै राम्रो विवाद पर्न सक्छ । स्वास्थ्यमा सामान्य सुधार भए पनि उल्लेख्य प्रगति हुने छैन । व्यापार, ब्यवसायबाट पनि खासै आम्दानी हुने देखिएको छैन ।

वृश्चिकः
सामाजिक प्रतिष्ठा बढेको महसुस हुनेछ । बोलीको प्रभावले महत्वपूर्ण काम सम्पन्न गर्न सकिनेछ । निर्णय गर्ने क्षमता बढेर जानेछ । धन आर्जन गर्न सामान्य मेहनत नै काफी हुनेछ ।

धनुः
ब्यापार वा नोकरीमा अवरोधको सामना गर्नु पर्ला जसले गर्दा आम्दानी घट्नेछ । बोल्दा विचार पुर्याउनु होला विवादित बन्न सक्छ । झुटा आरोप लाग्ने सम्भावना पनि उत्तिकै छ ।

मकरः
सोचेको कुरा सजिलै पुरा हुँदा मन हर्षित बन्ने छ । धन आर्जन हुनेछ । अध्ययनमा सफलता मिल्नेछ । खानपानमा विशेष ध्यान दिनु भयो भने स्वास्थ्य समस्या टरेर जानेछ ।

कुम्भः
लेनदेनमा हात नहालेकै राम्रो विवादित बन्न सक्छ । अड्डा, अदालतको झमेला आउन सक्छ । शत्रु सक्रिय बन्दा आफू तल परिनेछ । पारिवारिक आवश्यकता पुरा गर्दा धन हानी हुनेछ ।

मीनः
व्यापारबाट खासै उपलब्धी नभएको महसुस हुनेछ । आफन्त र परिवारको असहयोगले मन खिन्न रहने छ । झुटो आरोपबाट बच्नु होला । पती–पत्नीबीच सम्बन्ध सुमधुर बनाउने हरसम्भव प्रयास गर्नु होला ।

Loading...