महिला हिंसा विरुद्ध रेखाको ‘मालिका’ (ट्रेलरसहित)

मनोरञ्जन मुख्य समाचार

काठमाडौँ, १२ असोज, नायिका रेखा थापा निर्मित तथा निर्देशित चलचित्र ‘मालिका’ को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच मालिकाको ट्रेलर सार्वजनिक गरिएको हो ।

‘मालिका’ महिलामाथि हुने हिंसा विरुद्धको लडाई भएको नायिका रेखा थापाले बताएकी छिन् । ट्रेलरमा जाजरकोटकी १४ वर्षीया कमला वलीको रुवाई र रेखा थापाको एक्सन देख्न पाइन्छ । बालिकाले समाजमा भोग्नु परेको हिंसा र पीडालाई रेखाले नायक बनेर न्याय गरेको फिल्मले देखाउन खोजेको छ । फिल्मका डायलग निक्कै दमदार रहेका छन् तर ट्रेलरमै नसकिउन् यही कामना गरौँ ।

यो चलचित्रको कथा र कन्सेप्ट नर कार्की र रेखा थापाको हो । यसको कार्यकारी निर्मातामा उनै कार्की र सरस्वती थापा छन् । चलचित्रलाई कार्तिक १६ अर्थात् नोभेम्बर २ मा रिलिज गरिने बताइएको छ ।

हेर्नुहोस् मालिकाको ट्रेलर:

Loading...