अविरल जनसाहित्य यात्रामा कवि ‘मातृका पोखरेल’

मुख्य समाचार साहित्य

काठमाडौँ, १२ असोज, जनसाहित्य मञ्चको नियमित शृंखलामा शुक्रबार कवि मातृका पोखरेलले कविता वाचन गरेका छन् । हरेक महिनाको दोस्रो शुक्रबार आयोजना हुँदै आएको अविरल यात्राको यो ५० औँ श्रृङ्खला हो ।

यो बसाईमा कवि पोखरेलले समसामयिक, राजनीतिक चेत र सामाजिक रुपान्तरणका १२ वटा कविता सुनाएका थिए । कवि पोखरेललाई डा. पुष्करराज भट्ट, आर.एम. डंगोल, स्नेह सायमी र अभय श्रेष्ठले वाचनमा सहयोग पनि गरेका थिए ।

कवि पोखरेलका कविता श्रवण गर्न करीब ५० जना कविहरुको उपस्थिति रहेको थियो । कवि पोखरेलका कवितामाथि समीक्षक पुरुषोत्तम सुवेदीले मिहीन समीक्षा गरेका थिए । उनले कविता पाखेरलेका मात्रै नभएर हाम्रा कविता भएको बताए । ‘कविताले सामाजिक चेत, राजनीतिक परिवर्तन र वर्गीय चेतना बोक्ने भएकोले यी हाम्रा कविता हुन्’ उनले भने ।

कार्यक्रमको प्रमुख अतिथिको रुपमा गीतकार तथा राजनीतिक व्यक्तित्व मणि थापा रहेका थिए । विशिष्ट अतिथिको रुपमा जनसांस्कृतिक महासंघका अध्यक्ष खगेन्द्र राई थिए भने प्रेमनाथ अधिकारी अतिथिको रुपमा उपस्थित थिए । साहित्यकार शीतल गिरीले संयोजन गरेको सो कार्यक्रमको सभापतित्व जनसाहित्य मञ्चका अध्यक्ष राम विनयले गरेका थिए ।

Loading...