जनकले ल्याए नयाँ गीत ‘ठेगाना भेटियो…’ (भिडियोसहित)

आजको म्यूजिक मुख्य समाचार

काठमाडौँ, १२ असोज, गायक जनक ताम्राकारको नयाँ गीत ‘ठेगाना भेटियो…’, हालै सार्वजनिक भएको छ । यस गीतमा जनक ताम्राकारसँगै सुजाता वर्मा, महेश ताम्राकार र अल्मोडा राना उप्रेती लगायतको स्वर रहेको छ । यस गीतमा महेश ताम्राकारले सुन्दर ढंगले शब्द संगीत भरेका छन् भने अल्मोडा राना उप्रेतीले एरेन्ज गरेका हुन् ।

[केही माया पुरानै थियो नीरमाया, केही नौलो भेटियो बरी नीरमाया ।
डुलि हिँड्ने मनलाई मेरो नीरमाया, ठेगाना भेटियो बरी नीरमाया ।
डुलि हिँड्ने मनलाई मेरो ठेगाना भेटियो ए ठेगाना भेटियो बरी नीरमाया । ]

‘असल शब्द, युनिक संगीत उत्कृष्ठ संगीत संयोजन र उत्कृष्ठ आवाजहरु एक साथ आउनुले सुनमा सुगन्ध थपिएको लागेको छ’ गायक जनकले भने । यो गीतले सबैको मन जित्ने कुरामा आफू विश्वस्त रहेको उनले बताए ।

ताम्राकारको काफल कमला…, लौलौ सररर…, जुनकिरी… पनि पछिल्लो समय निकै चर्चामा रहेका गीतहरु हुन् ।

यस गीतको भिडियो हेर्नुहोस् ।

Loading...