तपाईंको आजको राशिफल

आजको राशिफल मुख्य समाचार

आज मिति २०७५ असोज ८ गते सोमबार, भाद्र शुक्लपक्ष चतुर्दशी तिथि तदनुसार सन् २०१८ को सेप्टेम्बर २४ तारिखअनुसार तपाईंको आजको राशिफल यसप्रकार रहेको छः

मेषः
प्रेममा सामान्य सफलता प्राप्त हुनेछ । धार्मिक काममा मन जानेछ । सामाजिक दायित्व बढ्नेछ । मित्रको सहयोग कम रहनेछ । अध्ययन, अध्यापनको क्षेत्रबाट लाभ कम हुनेछ ।

वृषः
आलोचना गर्नेहरु नै प्रशंसा गर्न थाल्नेछन् । शैक्षिक भ्रमणको योग रहेको छ । सवारी साधनको प्रयोगमा सावधान रहनु होला । खानपानमा ध्यान दिनु भयो भने स्वास्थ्यले साथ छोड्ने छैन ।

मिथुनः
यात्राबाट व्यवसायिक उन्नती हुनेछ । नयाँ व्यापार पनि हात लाग्नेछ । प्रियजनको साथ र सहयोग भरपुर रहने छ । मन प्रसन्न रहँदा काम गर्ने जाँगर बढेर जानेछ ।

कर्कटः
पराक्रम बढ्नाले काम गर्ने जोस आउने छ । वैदेशिक यात्राको अवसर आउला । व्यापारबाट मनग्य धन आर्जन गर्न सकिनेछ । प्रियजनको आर्थिक सहयोगले महत्वपूर्ण काम बन्नेछ ।

सिंहः
अधुरा काम पुरा गर्ने दिन रहेको छ । दाम्पत्य जीवन पनि सुखमय रहनेछ । यात्राबाट सामान्य लाभ मिल्नेछ । धन आर्जन गर्न भने अलि बढी नै मेहनत गर्नु पर्नेछ ।

कन्याः
आकस्मिक धनलाभ हुनेछ । अध्ययनमा सफलता हात लाग्नेछ । ठूला व्यक्तिलाई रिझाउन सकस पर्ला । मन अस्थिर रहँदा काम गर्ने जाँगर घट्नेछ ।

तुलाः
स्वास्थ्य कमजोर बन्नेतर्फ सचेत रहनु होला । शैक्षिक क्षेत्रबाट खासै उपलब्धी नहोला । व्यापारमा प्रतिस्पर्धी बढ्नाले नाफा घट्ने छ । मानसिक चिन्ता नलिएकै राम्रो ।

वृश्चिकः
शैक्षिक क्षेत्रबाट सामान्य लाभ मात्रै मिल्नेछ । धर्म–कर्म प्रतिको विश्वास घट्ने छ । झुटो आरोपको सामना गर्न पर्ला । बोलीका कारण विवाद पर्नसक्ने भएकोले सावधान रहनु होला ।

धनुः
रोजगारीमा पदोन्नती हुनेछ । प्रियजनको प्रेममा लिप्त भइनेछ । सामान्य आम्दानी गर्न पनि धेरै मेहनत गर्नु पर्नेछ । मानसिक चिन्ता बढ्नाले काम गर्ने जाँगर भने घट्नेछ ।

मकरः
प्रियजनको साथ मिल्नेछ । शैक्षिक क्षेत्रबाट असफलता मिल्नेछ । काममा अवरोध आउनेछ । वैदेशिक क्षेत्रबाट सहयोगको आश्वासन मात्रै प्राप्त हुनेछ ।

कुम्भः
अध्ययनमा रुची बढ्नेछ । लेनदेनमा विवाद पर्ने भएकोले आज हात नहालेकै जाती । शु सक्रिय रहँदा काममा अवरोध आउनेछ । सञ्चित धन हानी हुनेछ ।

मीनः
स्वास्थ्यमा समस्या आउँदा धन हानी हुनेछ । पति–पत्नीमा सामान्य विवाद पर्नसक्छ विचार पुर्याउनु होला । आफन्तबाट पनि असहयोग हुनेछ । आत्मविश्वास घट्नेछ ।

Loading...