तपाईंंको आजको राशिफल

आजको राशिफल मुख्य समाचार

आज मिति २०७५ साल असोज ७ गते आइतबार, भाद्र शुक्लपक्ष त्रयोदशी तिथि तदनुसार सन् २०१८ को सेप्टेम्बर २३ तारिख अनुसार तपाईंंको आजको राशिफल

मेषः
प्रियजनसँग रमाइलो भेटघाट हुनेछ । व्यवसायिक यात्राको अवसर मिल्नेछ । मिष्ठान्न भोजन मिल्नेछ । बोलीको प्रभावले महत्वपूर्ण काम बन्नेछ । स्वास्थ्यमा भने विशेष ख्याल गर्नुहोला ।

वृषः
व्यवसायबाट राम्रो मुनाफा हुनेछ । धनको जगेडा गर्न सकिनेछ । मान–सम्मान प्राप्त हुनेछ । पारिवारिक समस्या आउन सक्ने तर्फ सचेत रहनु होला ।

मिथुनः
धर्म, कर्ममा रुची बढ्नेछ । वैदेशिक व्यापारको अवसर मिल्नेछ । सजिलै धन आर्जन गर्न सकिने छ । मन शान्त रहनेछ । सोचेको कुरा पुरा हुँदा मन प्रसन्न रहने छ ।

कर्कटः
मन अस्थिर रहनेछ, पराक्रम घट्नेछ । काम सम्पन्न गर्न कडा मेहनत गर्नु पर्नेछ । अध्ययन, अध्यापनमा बाधा सहनु पर्नेछ । मन अस्थिर रहनेछ ।

सिंहः
घरायसी झमेला आइलाग्नेछ । पारिवारिक स्वास्थ्यमा समस्या आउँदा धन हानी हुनेछ । आफन्तको असहयोग हुनेछ । रोजगारीमा अवसर गुम्न सक्छ ।

कन्याः
तपाईंको बौद्धिकताको सर्वत्र प्रशंसा हुनेछ । आकस्मिक धनलाभ हुने देखिएको छ । राजनीतिक र सामाजिक क्षेत्रमा प्रगति हुनेछ । वैदेशिक क्षेत्रबाट फलिफाप हुनेछ ।

तुलाः
स्वास्थ्यमा समस्या आउँदा धन खर्च हुनेछ । मानसिक चिन्ताले पनि सताउँदा मन अस्थिर रहनेछ । सामाजिक क्षेत्रबाट पनि आलोचनाको शिकार बन्नु पर्ला ।

वृश्चिकः
भोज, भतेरमा सहभागी हुने र मिष्ठान्न भोजन प्राप्त हुने अवसर छ । वैदेशिक यात्राको योग छ । वादविवादमा अघि नबढेकै राम्रो । शत्रु सक्रिय रहँदा झुटा आरोप भने आउनेछन् ।

धनुः
रोजगारीमा पदोन्नतीको सम्भावना छ । अचल सम्पत्ति जोड्ने अवसर आउला । अध्ययन, अध्यापनमा रुची बढ्नेछ । स्वास्थ्यमा भने समस्या आउनसक्छ सतर्क रहनु होला ।

मकरः
व्यापारबाट सफलता मिल्नेछ । अध्ययन, अध्यापनको क्षेत्रबाट मनग्य सफलता प्राप्त हुनेछ । पराक्रम बढ्नाले ठूला काम पनि सहजै पुरा गरिने छ ।

कुम्भः
आँटेका काम पुरा हुनेछन् । व्यापार, व्यवसायबाट मनग्य आम्दानी प्राप्त हुनेछ । धन सञ्चित गर्न भने गाह्रो पर्ला । कल, कारखाना वा सवारी साधनको प्रयोगमा भने सावधान रहनु होला ।

मीनः
तपाईंको लागि आजको दिन उत्तम रहेको छ । पारिवारिक सरसहयोग मिल्नेछ । बौद्धिकताको कदर हुनेछ । मान–सम्मान प्राप्त हुनेछ । शत्रु कमजोर बन्नाले काममा अवरोध आउने छैन ।

Loading...