संगीतकार एनबी जनकपुरीको ‘मनकी उजेली…’ (भिडियोसहित)

आजको म्यूजिक मुख्य समाचार

काठमाडौँ, ६ असोज, संगीतकार नारायण भण्डारी (एनबी जनकपुरी) को पछिल्लो गीत ‘मनकी उजेली…’ ले अहिले निक्कै चर्चा कमाएको छ । करिब एक महिनाको अवधिमा युट्युबमार्फत यो गीतलले साढे पाँच लाख भन्दा धेरैले दर्शक कमाएको छ ।

दीपक महर्जनको स्वरमा रहेको यो गीतको शब्द र संगीत जनकपुरीकै रहेको छ । यस गीतको एरेन्ज देवेन्द्र नेवाले गरेका हुन् । शब्द, संगीत, एरेन्ज र गायनले गीत निक्कै सुन्दर बनेको छ ।

यसअघि तीन वटा एल्बम सार्वजनिक गरिसकेका जनकपुरी अर्को एल्बमको तयारीमा छन् । उनले २०३३/३४ साल तिरै लेखेको यो गीतलाई अहिले मात्रै रेकर्ड गरेर सार्वजनिक गरेका हुन् । कलेज पढ्दा कसैलाई देखेर लेखेको ‘मनकी उजेली उ तनकि काली छ…’ गीतले अहिले मात्रै मूर्त रुप पाएको उनले बताए ।

गीतको म्यूजिक भिडियो पनि निक्कै राम्रो बनेको छ । निकेश खड्काको निर्देशनमा यो भिडियो बनेको हो । भिडियोमा अहिलेका चर्चित जोडी प्रियङ्का कार्की र आयुश्मान देशराजको अभिनय रहेको छ भने साथमा अनुभव रेग्मी पनि छन् ।
गीतको भिडयो हेर्नुहोस्ः

Loading...