चलचित्र ‘ग्याङस्टार ब्लुज’ अब युट्युबमा

भिडियो मुख्य समाचार विषेश समाचार

काठमाडौँ, ६ असोज, चलचित्र ग्याङस्टार ब्लुज’ युट्युबमा सार्वजनिक गरिएको छ । ओएसआर डिजिटलको युट्युब च्यानल मार्फत शनिबारबाट यो फिल्मलाई युट्युवमा राखिएको हो ।

चलचित्रमा आशीर्मान देशराज जोशी, आना शर्मा, संयम पुरी, रोजिशा शाही, अरुणा काकर्की नरेश पौडेल, सुभाष थापा, अनुप शर्मा लगायतको अभिनय रहेको छ ।

चलचित्रको लेखन तथा निर्देशन हेमराज बिसीले गरेका छन् । मनिश पण्डित यो फिल्मका कार्यकारी निर्माता हुन् भने सरोज न्यौपाने र हेमराज बिसी निर्माता हुन् ।

यो चलचित्र भदौ २ अर्थात् अगष्ट १८ बाट देशभर प्रदर्शनमा आएको थियो । हलमा औषत व्यापार गरेको चलचित्रले युट्युबमा कस्तो भ्युअर्स कमाउँछ त्यो भने हेर्न बाँकी छ ।

पुरा फिल्म हेर्नुहोस्ः