छक्का पञ्जा ३ को ट्रेलर बाहिरियो, केही नयाँ कलाकार भित्रिए (भिडियोसहित)

मनोरञ्जन मुख्य समाचार

काठमाडौँ, ६ असोज, कमेडी जनरामा बनेको बहुप्रतिक्षित चलचित्र ‘छक्का पञ्जा ३’ को ट्रेलर सार्वजनिक भएको छ । हास्य विधाका कलाकारहरुले भरिपूर्ण फिल्मको ३ मिनेट २ सेकेण्डको ट्रेलर युट्युब मार्फत सार्वजनिक भएको हो ।

ट्रेलर अनुसार चलचित्रले विद्यालयको कथा बोकेको छ । यो चलचित्रले कमेडी पारामा शिक्षा र सामाजिक अवस्थालाई व्यङ्ग्य गरेको छ ।

फिल्मको तेस्रो श्रृङ्खलामा आइपुग्दा केही नयाँ कलाकारहरुलाई भित्र्याइएको छ । यसरी भित्रिनेमा दीपिका प्रसाई, विल्सन विक्रम राई, नीर शाह लगायतका छन् । अन्य कलाकारहरुमा दीपकराज गिरी, प्रियङ्का कार्की, केदार घिमिरे (माग्ने बुढा), जीतु नेपाल (मुन्द्रे), शिवहरी पौडेल (मुखमा हान्नुजस्तो), किरण केसी (राता मकै), बुद्धि तामाङ (हैट), लक्ष्मी गिरी, जयनन्द लामा, विमला गिरी, वसन्त भट्ट लगायत छन् ।

दीपाश्री निरौलाले निर्देशन गरेको यो चलचित्रलाई सुमन गिरी, शिवहरी पौडेल, किरण केसी, ताराचन्द्र बजगाईँ, पुरुषोत्तम प्रधान, दिपेन्द्र खनिया, केशव न्यौपानेले निर्माण गरेका हुन् ।

यो चलचित्र यही असोज २४ गते घटस्थापनाका दिनदेखि प्रदर्शनमा आउने बताइएको छ ।

हेर्नुहोस् चलचित्रको ट्रेलरः

Loading...