डिआइडीका सुजन मार्फा र भिमफेदी गाईजसँग आँचल शर्माको रोमान्स (भिडियोसहित)

मनोरञ्जन मुख्य समाचार

काठमाडौँ, ६ असोज, नायिका आँचल शर्मा अभिनित ‘रेलिमाइ…’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । भारतको चर्चित रियालिटी शो डिआइडीबाट चर्चा कमाएका सुजन मार्फा तामाङ्क (एलिड २० क्रिउ) र भिमफेदी गाईजलाई पहिलोपटक एउटै म्युजिक भिडियोमा देख्न सकिन्छ ।

भिडियोमा दुई ग्रुपसँग नायिका आँचल शर्माले अनस्क्रिन रोमान्स गरेकी छिन् । गीतको भिडियोमा नेपालका चर्चित दुई डान्स ग्रुपका साथ आँचलले पहिलोपटक अभिनय गरेकी हुन् ।

दिपक आचार्यको शब्द तथा मिष्टर आर.जे. को संगीत रहेको गीतमा महेश भडारी र मिष्टर आर.जे.को स्वर रहेको छ । उक्त गीतलाई एसदिप मुभिजले बजारमा ल्याएको हो ।

रबिन्द्र बरालको छायाङ्कन रहेको उक्त भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् । मधु आचार्यको व्यवस्थापन रहेको उक्त भिडियोलाई कलाकार तथा स्क्रिप्ट राइटर दिपक आचार्यले निर्देशन गरेका हुन् । दिपकले यसअघि पनि दर्जनौं चर्चित गीतको भिडियो निर्देशन गरिसकेका छन् ।

भिडियो हेर्नुहोस्

Loading...