सडक दुर्घटना तीनजनाको मृत्यु ५० घाइते

विश्व

नयाँ दिल्ली, ४ असोज उत्तर भारतको, पहाडी सडकमा भएको एक सडक दुर्घटनामा परी कम्तीमा तीन व्यक्तिको मृत्यु हुनको साथै अन्य ५० जना घाइते भएका छन् । एक निजी बस पहाडी सडकमा पल्टिदा सो दुर्घटना भएको प्रहरी स्रोतले बिहीबार जानकारी दिएको छ । बुधबार राती चिप्लो सडकमा बस पल्दिँदा सो घटना भएको र तीन व्यक्तिको घटना स्थलमा नै मृत्यु भएको छ ।

घाइतेहरु अस्पताल भर्ना गरिएको र घाइते मध्ये सातको अवस्था भने चिन्ताजनक रहेको नाम नबताउने शर्तमा एक प्रहरी अधिकारीले जानकारी दिएका छन ।  प्रत्यक्षदर्शीका अनुसार चालकले नियन्त्रण गुमाउँदा सो दुर्घटना भएको हो ।  सो क्षेत्रमा लगाइएका  घेराहरुको कारण बस खाल्डोमा खस्नबाट बचेको र घेरै व्यक्ति बाँच्न सफल भएका स्थानीय प्रहरी प्रमुख मोनिकाले सञ्चार माध्यमलाई बताउनु भएको छ ।  यस दुर्घटनाको अनुसन्धान गर्न  सरकारले आदेश दिएको पनि मोनिकाले थप जानकारी दिनु भएको छ ।