तपाईंको आजको राशिफल

आजको राशिफल मुख्य समाचार

आज मिति २०७५ साल आश्विन ४ गते बिहीबार, भाद्र शुक्लपक्ष एकादशी तिथि, तदनुसार सन् २०१८ को सेप्टेम्बर २० तारिख अनुसार तपाईंको आजको राशिफल यसप्रकार छः

मेषः
प्रियजनसँग भेटको अवसर मिल्नेछ । यात्रामा लाभ मिल्नेछ । मिष्ठान्न भोजन र रामरमितामा दिन बित्नेछ । बोलीको प्रभाव बढ्दा काम बन्नेछ । स्वास्थ्यप्रति भने सचेत रहनु होला ।

वृषः
व्यवसायबाट मनग्य आम्दानी हुनेछ । प्राप्त सम्पत्ति भविष्यकोलागि सञ्चित गर्न सकिनेछ । मान–सम्मान पनि प्राप्त हुनेछ । पारिवारिक समस्या भने आउन सक्छ सावधान रहनु होला ।

मिथुनः
अरुको विश्वास जित्नाले व्यवहार गर्न र धन आर्जन गर्न सहज हुनेछ । धर्मकर्मप्रति मन जानेछ । वैदेशिक व्यापारबाट मनग्य आम्दानी मिल्नेछ । मन प्रसन्न रहने छ ।

कर्कटः
अध्ययन, अध्यापनबाट सफलता मिल्ने छैन । आम्दानीको लागि ठूलै मेहनत गर्नुपर्नेछ । शत्रुले शीर ठाडो गर्नेछन् । आत्मविश्वास घट्नेछ । मन चञ्चल रहनेछ ।

सिंहः
आफन्तको असहयोग रहनेछ । पारिवारिक झमेला पनि आउने सम्भावना छ । पारिवारिक स्वास्थ्य बिग्रिँदा धन खर्च हुनेछ । बोलीमा सचेत रहनु होला विवादित बन्न सक्छ ।

कन्याः
वैदेशिक क्षेत्रबाट फाइदा मिल्नेछ । आकस्मिक धन लाभको पनि सम्भावना छ । राजनीतिमा पदोन्नती हुनेछ । तपाईंको बौद्धिकताको प्रशंसा गर्ने भेटिनेछन् ।

तुलाः
स्वास्थ्यका कारण सञ्चित धन हानी हुनेछ । प्रियजनमा मनमुटाव हुन सक्छ । प्रतिष्ठामा आँच आउनेछ । मन अस्थिर रहने छ । मानसिक चिन्ता नलिनु नै राम्रो हुनेछ ।

वृश्चिकः
वैदेशिक यात्राको अवसर प्राप्त हुनेछ । मिष्ठान्न भोजन मिल्नेछ । वादविवादमा अघि नबढेकै राम्रो । शत्रु सक्रिय रहँदा झुटो आरोप आउन सक्छ सावधान रहनु होला ।

धनुः
रोजगारीमा पदोन्नतीको सम्भावना रहेको छ । अचल सम्पत्ति जोड्ने अवसर छ । स्वास्थ्यमा समस्या आउने तर्फ सचेत रहनु होला । धनको बचत गर्ने तर्फ पनि सोच्नु जरुरी छ ।

मकरः
अध्ययनमा रुची बढ्नेछ । ठूला काम पनि सजिलै सम्पन्न गर्न सकिने छ । व्यावसायिक मुनाफा आर्जन गरिनेछ । आत्मविश्वास बढ्नेछ । मन प्रसन्न रहनेछ ।

कुम्भः
आँटेको काम सजिलै पुरा गर्न सकिने छ । व्यवसायबाट प्रसस्त धन आर्जन गरिनेछ । रोजगारीमा पदोन्नती हुनेछ । सवारी साधनको प्रयोगमा भने सावधान रहनु होला ।

मीनः
मिष्ठान्न भोजनको अवसर आउला । पारिवारिक जमघट र सरसहयोग पनि मिल्ला । मान–सम्मान मिल्नेछ । शत्रु परास्त गर्न सफल भइने छ । तपाईंको बौद्धिकताको प्रशंसा हुनेछ ।

Loading...