गायक राजु लामाको ‘सरसर…’ (भिडियोसहित)

मनोरञ्जन मुख्य समाचार

काठमाडौं, २ असोज, एस आर एस इन्टरटेडमेन्टको प्रस्तुतीमा ‘सरसर…’ बोलको लोक, पप गीत सार्वजनिक भएको छ । गीतमा लोकप्रिय तथा मंगोलियन हर्ट गायक राजु लामा र गायिका रमिला ज्ञाङ्मी मगरको सुमधुर स्वर रहेको छ । जसमा गीतकार डीपी खनालको शब्द रहेको छ भने धनु ज्ञाङ्मी मगरको संगीत रहेको छ ।

सेवा रेकर्डिङ स्टुडियोमा मुस्कान मुकारुङद्वारा रेकर्डिङ गरिएको यो गीतलाई उदयराज पौडेलले संगीत संयोजन गरेका हुन् ।

गीतको म्यूजिक भिडियोतर्फ पत्रकार तथा निर्देशक सुब्रतराज आचार्यको निर्देशन रहेको छ, भने जय शर्माको सहनिर्देशन रहेको छ । जसमा एलिशा राई, गम्भीर बिष्ट र प्रकाश बस्नेतको नृत्य रहेको छ ।

सुरेन्द्र बस्नेतको कोरियोग्राफी रहेको यस गीतलाई नवराज उप्रेतीले छायांकन गरेका हुन् भने नवीन निरौलाको सम्पादन रहेको छ ।
भिडियो हेर्नुहोस्ः

Loading...