तपाईंको आजको राशिफल

आजको राशिफल मुख्य समाचार

मिति २०७५ असोज २ गते मंगलबार, भाद्र शुक्लपक्ष नवमी तिथि, सन् २०१८ को सेप्टेम्बर १८ तारिख अनुसार तपाईंको आजको राशिफल यसप्रकार छः

मेषः
वैदेशिक मार्गबाट प्रसस्त लाभ मिल्नेछ । धार्मिक विश्वास बढ्नेछ । ठूला मान्छेको पनि मन सजिलै जित्न सकिने हुनाले काम बन्नेछ । मनमा खुसी छाउने छ ।

वृषः
आत्मा विश्वासमा कमी आउने छ । सफलता प्राप्त गर्न कठा मेहनतको जरुरत पर्नेछ । अध्ययन अध्यापनमा अवरोध आउला । शत्रुले शीर उठाउँदा आफ्नो झुकेको महसुस हुनेछ ।

मिथुनः
व्यापार, व्यवसायबाट सोचेजति मुनाफा हुनेछ । धन, सम्पत्ति जोड्ने अवसर छ । पारिवारिक सम्बन्धमा भने मनमुटाव हुनसक्छ सावधान रहनु होला । स्वास्थ्यमा सचेत रहनुहोस् ।

कर्कटः
छोटो दुरीको भए पनि यात्राको अवसर मिल्ने छ । प्रियजनसँगको भेटले मन प्रफुल्ल रहनेछ । बोलीको प्रभावले सजिलै काम बन्ने छ । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।

सिंहः
तपाईंको बौद्धिकताको सर्वत्र प्रशंसा हुनेछ । पारिवारिक भेटघाटले मन खुसी रहनेछ । मान, पदवी पाइने छ । शत्रु कमजोर हुँदै जानेछन् । स्वास्थ्यमा भने समस्या आउनसक्छ सचेत रहनु होला ।

कन्याः
व्यवसायबाट मनग्य आम्दानी हुनेछ । भएको आम्दानी बचतमा जानेछ । तपाईंको बौद्धिकताको कारण ठूला काम पनि सजिलै सम्पन्न हुनेछन् । प्रियजनको साथ र सहयोग निरन्तर रहनेछ ।

तुलाः
मन चन्चल रहनेछ । कामप्रति जाँगर घट्ने छ । बोलीको कारण आफन्तको मन कुँडिन सक्छ बोल्दा विचार पुर्याउनु होला । स्वास्थ्य समस्या बढ्ने छ । धन पनि हानी हुनेछ ।

वृश्चिकः
वैदेशिक यात्राको अवसर प्राप्त होला । मिष्ठान्न भोजन प्राप्त हुनेछ । वादविवादमा नपरेकै राम्रो, आज तपाईंको हार हुनेछ । झुठो आरोपको पनि सामना गर्नु पर्ला ।

धनुः
जागिरमा पदोन्नतीको सम्भावना छ । राजनीतिक क्षेत्रबाट सफलता मिल्ने छ । अचल सम्पत्ति जोड्न सकिने छ । स्वास्थ्यमा समस्या आउँदा मानसिक तनाव व्यहोर्नु पर्नेछ ।

मकरः
विदेश यात्राको अवसर आउला । तपाईंको बौद्धिक क्षमताको सर्वत्र प्रशंसा हुनेछ । सामाजिक र राजनीतिक क्षेत्रमा गरेको लगानीको प्रतिफल मिल्ने छ ।

कुम्भः
आँटेका काम पुरा हुनेछन् । व्यवसायबाट मनग्य आम्दानी हुनेछ । साथीभाइ तथा प्रियजनको सहयोग मिल्नेछ । हतियार तथा सवारी साधनको प्रयोगमा सावधान रहनु होला ।

मीनः
व्यापारमा घाटा सहनु पर्ला । पारिवारिक स्वास्थ्यको कारण धन खर्च हुनेछ । आफन्तको असहयोगका कारण काम गर्न अफ्ठ्यारो पर्नेछ । रोजगारीमा भने नयाँ अवसर प्राप्त हुनेछ ।

Loading...