तपाईंको आजको राशिफल

आजको राशिफल

आज मिति २०७५ असोज १ गते सोमबार, भाद्र शुक्लपक्ष अष्टमी तिथि (विश्वकर्मा पूजा), सन् २०१८ को सेप्टेम्बर १७ तारिखअनुसार तपाईंको आजको राशिफल

मेषः
तपाईंको लागि आजको दिन त्यति अनुकूल छैन । काममा अवरोध हुनेछ । आफन्तले नै काममा असहयोग गर्लान् । लेनदेनमा विवाद पर्नेछ । मानसिक चिन्ताले सताउनेछ ।

वृषः
वैदेशिक यात्राको अवसर छ । व्यापारबाट मनग्य धनआर्जन हुनेछ । साथीभाइ तथा आफन्तको भरपूर सहयोग मिल्नेछ । आफ्नो आवेगलाई भने नियन्त्रणमा राख्नु होला ।

मिथुनः
काममा अवरोधको सामना गर्नु पर्ला । अध्ययनमा रुची घट्ने छ । पैतृक सम्पत्तिको हानी हुनेछ । बोल्दा विचार पुर्याउनु होला । भ्रमण निराशाजनक हुनेछ ।

कर्कटः
अचल सम्पत्ति जोड्ने अवसर छ । प्रियजनसँगको भेटले काम बन्ला । सामाजिक प्रतिष्ठा उँचो हुनेछ । आकस्मिक धनलाभ पनि हुनेछ । वैदेशिक र शैक्षिक क्षेत्रबाट लाभ हुनेछ ।

सिंहः
चिसोका कारण हुने रोगले सताउने छ । आफ्नै बोलीको कारण आलोचनाको सामना गर्नु पर्ला । शत्रुले शीर ठाडो गर्नेछन् । हतियारको प्रयोग गर्दा सावधानी अपनाउनु होला, चोटपटकको सम्भावना छ ।

कन्याः
सामाजिक प्रतिष्ठा बढ्ने छ । प्रेममा समझादी कायम हुनेछ । रोजगारीमा नयाँ अवसर प्राप्त हुनेछ । साथीभाइसँग भेटघाटले मन प्रफुल्ल हुनेछ । पारिवारिक समस्या हल हुनेछन् ।

तुलाः
अध्ययन, अध्यापनमा रुची बढ्नेछ । उपहारमा विलासिताको सामान प्राप्त हुनेछ । अधुरा काम पुरा गर्ने अवसर छ । नयाँ कामको सुरुवात हुने तथा आकस्मिक लाभ हुने दिन रहेको छ ।

वृश्चिकः
आफन्तसँग मनमोटाव हुनेछ । शत्रु सक्रिय रहनेछन् । अध्ययनमा बाधा सहनु पर्ला । आत्मविश्वास घट्नाले मनमा नैराश्यता छाउने छ । आज यात्राआदि नगरेकै वेश होला ।

धनुः
व्यापारमा उन्नती हुनेछ । धार्मिक आस्था बढेर जानेछ । प्रियजनको साथ र सहयोग मिल्नेछ । मन प्रसन्न रहला ।

मकरः
काम सम्पन्न गर्न कडा मेहनतको जरुरत पर्नेछ । पारिवारिक समस्या बढ्ने छ । मानसिक चिन्ताले सताउने छ । दिनको अन्त्यमा प्रियजनको सहयोगले काम बन्ने छ ।

कुम्भः
घरायसी समस्याको हल हुनेछ । नजिकको मान्छेले गरेको सहयोगबाट महत्वपूर्ण काम बन्नेछ । शैक्षिक क्षेत्रमा सफलता प्राप्त हुनेछ । आज गरेका निर्णय सही हुनेछन् ।

मीनः
पैतृक सम्पत्तिमा विवाद आउनेछ । व्यापार घाटामा जाला । सञ्चित धन खर्च होला । मनमा निराशा छाउनेछ । बोलीमा सम्यमता अपनाउनु जरुरी हुनेछ ।

Loading...