सिटी एक्स्प्रेसले ल्यायो ९० दिने ‘लखपति एक्स्प्रेस’ योजना

आजको बजार मुख्य समाचार

काठमाडौँ, ३१ भदौ, सिटी एक्सप्रेस मनिट्रान्सफरले समस्त नेपालीको महान चाड दशैँ, तिहार र छठलाई लक्षित गर्दै लगातार ९० दिनसम्म चल्ने ‘लखपति एक्स्प्रेस’ उपहार योजना घोषणा गरेको छ । आज एक कार्यक्रमको आयोजना गर्दै कम्पनीले असोज १ गते देखि मंसिर २९ गतेसम्म लागू हुने गरी यो अफर सार्वजनिक गरेको हो ।

यो उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत उपभोक्ताहरुले दैनिक रु २०० को मोबाइल टप अप १२ जनाले जित्न सक्नेछन् । त्यसैगरी साप्ताहिक रुपमा तीन जना विजेताले रु १०,००० र हरेक महिना लक्की ड्रमा विजयी हुने एक जनालाई रु १००,००० उपहार प्रदान गरिने बताइएको छ ।

उपहार योजनाको अन्त्यमा एक जना भाग्यशाली विजेताले बम्पर उपहार र सिटी एक्स्प्रेस मनी ट्रान्सफर प्रा.लि.१२ वर्ष प्रवेश गरेको उपलक्ष्यमा रु १२,००,००० जित्न सक्नेछन् । कम्पनीका अनुसार दैनिक, साप्ताहिक तथा मासिक विजेताहरु समेत बम्पर उपहारका लागि सहभागी हुने जानकारी दिएको छ ।

यो अवधिभरी सिटी एक्सप्रेस मार्फत मनी ट्रान्स्फर गर्ने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् । यस उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिने जनाइएको छ । यो योजना मार्फत जम्मा ११२० जना उपभोक्ताहरु विजेता हुनेछन् । यो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि व्यक्तिलाई लागू नहुने बताइएको छ ।

२०६४ सालमा विप्रेषण व्यवसायको रुपमा स्थापना भएको सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रा.लि. एक प्रतिष्ठित रेमिटान्स कम्पनी हो । यो कम्पनीले विप्रेषण व्यवसाय समूह मध्ये अग्रस्थान ओगट्न सफल समेत भएको छ । यस रेमिटान्स कम्पनीले आफ्नो व्यवसायका साथ साथै विभिन्न धार्मिक, सांकृतिक तथा सामाजिक क्रियाकलापमा आवद्ध भै सहयोग प्रदान गरेको कुरालाई नेपालको परिप्रेक्ष्यमा अति प्रशंसनीय एवं अनुकरणीय मान्न सकिन्छ ।

Loading...