गिरान्चौर एकीकृत बस्तीमा फिल्टर वितरण

मुख्य समाचार स्वास्थ्य

मेलम्ची , ३१ भदौ (रासस), गणेशस्थान विपद् जोखिम व्यवस्थापन समितिको आयोजना तथा युएनडिपीको सहयोगमा मेलम्ची नगरपालिका–१२ गिरान्चौरका ६५ घरको एकीकृत बस्तीमा आधुनिक प्रविधिबाट निर्माण गरिएको फिल्टर वितरण गरिएको छ ।

मेलम्ची नगरपालिकाका प्रमुख डम्बरबहादुर अर्यालले अब सबैले आर्थिकस्तर सुधारेर अगाडि बढ्दै जानुपर्ने बताउँदै विकासनिर्माणका काममा जनस्तरबाट सक्रिय सहभागिता हुनुपर्नेमा जोड दिनुभयो ।

यो बस्ती धुर्मुस-सुन्तली फाउन्डेसनले निर्माण गरिदिएको हो ।