मिस टिन कलेजको उपाधि आश्मा अधिकारीलाई

मनोरञ्जन मुख्य समाचार विषेश समाचार

काठमाडौँ, २९ भदौ, मिस टिन कलेज–२०१८ को उपाधि नर्भिक इन्च्युट अफ नसिङ कलेजमा स्टाफ नर्स अध्ययनरत १८ वर्षीय आश्मा अधिकारीले जितेकी छिन् । सिजन मिडियाले आयोजना गरेको सो प्रतियोगिताको बिहीबार काठमाडौंको नाचघर जमलको प्रेक्षालयमा फाइनल भएको हो ।

यस्तै सो प्रतियोगितामा फस्ट रनरअपको उपाधि ग्लोवल इन्टरनेशनल कलेजकी श्रृषा अर्यालले जितेकी छिन् भने सेकेन्ड रनरअप सरिष्मा ठकुरी बनिन् । थर्ड रनरअप सचिना थापा भइन् भने अर्गनाईजर च्वाईस अवार्ड सुम्निमा राईले जितिन् ।

यसैगरी कलेज ह्यान्डसम नेपाल २०१८को उपाधि तनहुँका २४ वर्षीय शिव आले विकेले जित्न सफल भए ।

उपाधिसँगै दुवै जनाले थाईल्याण्ड घुम्न जाने अवसर प्राप्त गरेका छन् भने विभिन्न उपहारमा नेपाल एयर होस्टेज एकेडेमीको तर्फबाट छात्रवृति साथै काठमाडौं इन्फोसीसको तर्फबाट अस्टेलियाको लागि उच्च शिक्षामा अध्ययन गर्न जाँदा छात्रवृतिको अवसर प्राप्त गर्नेछन् भने अन्य विभिन्न उपहारहरु पनि पाएको आयोजकले जनाएको छ ।

उक्त कार्यक्रममा निर्णायक मण्डलमा नेपाल एयरलाइनसका वोर्ड डाइरेक्टर अच्युतराज पहाडी, हिसानका उपाध्यक्ष स्वागत श्रेष्ठ, सिजी एजुकेशनका हेड गर्ली अग्रवाल, प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत, जुम्वा प्रशिक्षक देवीका राई, सिम्रिक एयरका चिफ एयरहोस्टेज अस्मीता खनाल र सिभिल सेभीङका असिस्टेन्ट एकाउनटेन्ट एलीना तुलाधर रहेका थिए ।

Loading...