चार कार्यकर्तामाथि मुद्दा दर्ता

समाज

लहान, २९ भदौ सिरहाको लहान नगरपालिका–१३ पक्कीटोलबाट पक्राउ परेका नेकपाका चारजना कार्यकर्तामाथि सिरहा प्रहरीले नयाँ फौजदारी ऐनअन्तर्गत मुद्दा चलाएको छ । सरकार विरोधी पर्चा बाँड्दै हिँडेको आरोपमा इलाका प्रहरी कार्यालय लहानले गत २३ गते पक्राउ गरेको स्थानीय गोविन्द सदाय, अनिता सदाय, ज्ञानुदेवी सदाय र धनुषाका इन्दल साहलाई पक्राउ गरेको थियो ।

पक्राउ परेका चारै जनामाथि नयाँ फौजदारी ऐनअन्तर्गत सार्वजनिक सुविधा र नैतिकताविरुद्धको कसुर मुद्दा चलाइएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो  गाउँमा जबर्जस्ती सरकार विरोधी पर्चा बाँडिरहेको सूचना पाएपछि पुगेको इलाका प्रहरी कार्यालय लहानको टोलीले सोधखोज गर्दा प्रहरीमाथि नै दुव्र्यबहार गरेपछि चारै जनालाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक थापाले बताउनुभयो ।(रासस)

Loading...