काठमाडौं–पटना–बोधगया सीधा यातायात सुरु

अर्थ-बजार मुख्य समाचार

काठमाडौँ, २९ भदौ, राजधानी काठमाडौदेखि भारतको बिहार राज्यका मोतिहारी, मुजफ्फरपुर, पटना, बोधगयाका लागि सीधा यातायात सेवा सुरू भएको छ । बिहार राज्य पथपरिवहन निगम र स्वयम्भू मञ्जुश्री यातायात प्रा.लि.को सहकार्यमा काठमाडौदेखि पटना बोधगयासम्म सेवा सञ्चालन भएको हो ।

बिहीबार माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ र नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले संयुक्त रूपमा हरियो झण्डा फहराइ बसलाई विधिवत रूपमा गन्तव्यमा पठाइ सेवाको शुभारंभ गरे ।

यसैगरी जनकपुरदेखि पटनाका लागि ३१ गते आइतबारदेखि सीधा बससेवा सुरू हुने जनाइएको छ । सोही कार्यक्रमको उद्घाटन प्रदेश नं.२ का मूख्यमन्त्री लालबाबु राउतले गर्ने कार्यक्रम रहेको छ ।

Loading...