कन्दाहारमा १८ जनाको हत्या

मुख्य समाचार विश्व

कन्दाहार, अफगानिस्तान, २८ भदौ, अफगानिस्तानको कन्दाहारमा अफगान सेनाले तालिबान आतङ्ककारी लक्षित हवाई कारबाहीमा कम्तीमा १८ जना लडाकू मारिएका र अन्य ११ जना घाइते भएका एक सरकारी अधिकारीले बिहीबार जानकारी दिएका छन् ।

तालिबान आतङ्ककारी लुकेर बसेको आशङ्कामा कन्दाहारको मेवान्द जिल्लाको शाल्घामी र काला–ए–शमिर क्षेत्रमा अफगान सेनाले हवाई कारबाही गरेको थियो । सेनाका प्रवक्ता मोहमद सदेकले सैनिक कारबाहीमा १८ जना तालिबान लडाकू मारिएको पुष्टी गर्नुभयो ।

सरकारको विरोधमा वर्षौंदेखि युद्धरत तालिबान समूहले भने यस विषयमा केही टिप्पणी गरेको छैन ।

Loading...