तपाईंको आजको राशिफल

आजको राशिफल मुख्य समाचार

आज मिति २०७५ साल भदौ २८ गते बिहीबार, भाद्र शुक्लपक्ष चतुर्थी तिथि, सन् २०१८ को सेप्टेम्बर १३ तारिखअनुसार तपाईंको आजको राशिफल यसप्रकार रहेको छः

मेषः
व्यावसायिक यात्रा हुनेछ । अध्ययन, अध्यापनमा रुची बढ्नेछ । तपाईंको असल व्यवहारका कारण ठूला व्यक्ति पनि सहयोग गर्न तत्पर रहनेछन् । धनलाभ हुनेछ ।

वृषः
शैक्षिक व्यवसायबाट लाभ हुनेछ । आफन्तजनको सहयोग कम भएको महसुस होला । बनिसकेको काम बिग्रनाले मन खिन्न रहने छ । खानपानमा विशेष ध्यान पुर्याउनु होला ।

मिथुनः
धार्मिक कार्यमा मन जानेछ । आत्मविश्वास बढ्नेछ । अध्ययनमा कमी आउला । पारिवारिक विवादको सम्भावना छ बोल्दा विचार पुर्याउनु होला । यात्रा लाभदायी हुने छैन ।

कर्कटः
प्रियजनको सहयोगले महत्वपूर्ण काम बन्नेछ । सामाजिक प्रतिष्ठा प्राप्त हुनेछ । नयाँ व्यवसायबाट लाभ हुनेछ । वैदेशिक यात्राको अवसर मिल्ला । अरुकोलागि गरेको निर्णय सही हुनेछ ।

सिंहः
प्रेममा सफलता प्राप्त हुनेछ । शैक्षिक क्षेत्रबाट उपलब्धी मिल्ने छ । आफन्तको वाहवाही पाइने छ । स्वास्थ्यमा भने सामान्य समस्या आउन सक्छ सावधान रहनु होला ।

कन्याः
दैनिक व्यवसाय वा रोजगारीमा बाधा आउने छ । बोल्दा विशेष विचार पुर्याउनु होला नत्र विवाद हुन सक्छ । निर्णय क्षमता कमजोर हुँदा आलोचित बन्नु पर्ला । धनको सदुपयोग गर्नुहोला ।

तुलाः
पढाई, लेखाइबाट सन्तुष्टि मिल्नेछ । बोलीका कारण अरुले विश्वास गर्ने वातावरण बन्ने छ । व्यापार वा रोजगारीमा सफलता मिल्ने छ । आफन्तजनसँगको भेटघाटमा दिन बित्ने छ ।

वृश्चिकः
सामाजिक कार्यमा मन जानेछ । आफन्तको सहयोग मिल्नेछ । पराक्रम बढ्नाले ठूला काम सम्पन्न गर्न पनि सहज हुनेछ । तपाईंको कुशलताको अरुले प्रशंसा गर्नेछन् ।

धनुः
प्रेममा सफलता मिल्नेछ । अध्ययनमा रुचि बढ्नेछ । वैदेशिक क्षेत्रबाट आर्थिक लाभ हुनेछ । गरेको निर्णय सही बन्दा मन हर्षित हुनेछ । रोकिएका काम सम्पन्न गर्ने तर्फ ध्यान दिनु होला ।

मकरः
शत्रु परास्त हुनेछन् । धार्मिक आस्था बढ्ने छ । अचल सम्पत्ति जोड्ने अवसर प्राप्त हुनेछ । आकस्मिक धनलाभ पनि हुने देखिएको छ । पेटसम्बन्धी समस्या भने बढ्न सक्छ ।

कुम्भः
रोजगारीको नयाँ अवसर प्राप्त हुनेछ । मित्र तथा आफन्तको सहयोगले महत्वपूर्ण काम बन्नेछ । प्रेमसम्बन्ध सुमधुर रहने छ । आत्मविश्वास बढ्ने छ ।

मीनः
भाग्यले साथ दिँदा धनलाभ हुनेछ । महत्वपूर्ण व्यवसायिक यात्राको सम्भावना रहेको छ । रोजगारीमा पदोन्नतीको सम्भावना रहेको छ । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।

Loading...